बाह्रदशी, २५ असार झापाको बाह्रदशी ४ मा रहेको जनविकास माविले पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०११ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो। विद्यालय व्यावस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महताव आलम रहनुभएको थियो। बिहीबार विद्यालयको प्रांगणमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानद्यापक शिव पोख्रेले २०८० सालको एसइइ नतिजामा निल खाएको यश विद्यालयले शैक्षिक गुणस्तर क्रमशः सुधार गर्दै २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत पास गराउन सफल भएको बताउदै आगामी वर्ष ५६ प्रतिशत पास गराउने…
भद्रपुर नगरपालिका वार्ड नं २ बस्ने लीला बहादुर तामाङ वर्ष ७८ को यहि मिति २०८३ साल असार १४ गते आइतबारको दिन बिहान ९ बजे तिर घरबाट पसल जान्छु भनी हिँडेको र त्यस पश्चात सम्पर्क विहीन हुनु भएकोले उहाँलाई कहि कतै देख्नु हुने जो कोही पनि महानुभावहरूले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध छ।
बिर्तामोड, १० असार बिर्तामोड नगरपालिका वार्ड नं १० अवस्थित बिराटपोखरमा एक जना महिला आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बिरटपोखर बस्ने तोमप्रसाद तिवारी (तिवारी साईला) को श्रीमति मेनुका धिमिरे तिवारी करिब बर्ष ३९ कि बिहान करिब ५:०० बजे तिर आफ्नै घरको छेउमा रहेको आँपको बोटमा मृत फेला परेकी हुन् । प्रहरी प्रशासनले अनुसन्धानको क्रम रहेको र मृतक शरीरलाई पोष्ट मार्टमको लागि मेची प्रदेशिक अस्पताल लगिएको छ ।
बिराटनगर, २४ जेठ नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा झापा, मोरङ, सुनसरी र भोजपुरका पत्रकारहरूको समाचार लेखन क्षमता विकासको निम्ति जेष्ठ २२ गते देखि २४ गते सम्म तीन दिने तालिम विराटनगरमा सम्म भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्व र विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जेठ २२ गते कार्यक्रम उद्घाटन र आज जेठ २४ गते आइतबारको दिन सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षकहरू यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडा द्वारा प्रदान गरिएको तालिममा समाचार के हो? समाचार कसरी लेखिन्छ? समाचार कहाँ पाइन्छ ? जस्ता…
बिर्तामोड, २४ बैशाख ९६ औं समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न । बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित किरातेश्वर माङहिमका अध्यक्ष ओदराज बेघाको सभापतित्व र पुर्व शिक्षक तथा सुनुवार सेवा समाजका अध्यक्ष मनु मुखियाको प्रमुख आथित्यतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु सेवा सावा गुरुहरु रोशन लिङ्देन, दिपेन तेयुङ, सल्लाहकारहरु गणेश कन्दङवा, टेक बहादुर देवान लगायत व्यक्तिहरुको उपस्तिथि रहेको थियो । ९६ औं समाज सुधार दिवस समारोहमा ९६ वटा दियोहरु प्रमुख अथितको हस्तबाहुलिबाट प्रज्वलन गरिएको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव बेद तेयुङले संचालन गर्नु भएको र कोषाध्यक्ष रिता इदिङ्गोले स्वागत मन्तव्य राख्नु भएको थियो…
हल्दिबारी, २० बैशाख हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।हल्दीबारी गाउँपालिका वाड नं १ का खेलकुद संयोजक प्रकाश कुमार कार्कीको सभापतित्व र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यतामा २०८३ साल वैशाख २० गते आइतबारको दिन फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। उद्घाटनको औपचारिक कार्यक्रममा अतिथिहरू हल्दीबारी गाउँपालिका वडा अध्यक्षहरु देवीबहादुर थापा, सन्त कुमार थापा, शुक्लाल राजवंशी, विष्णुप्रसाद ओली, खड्क बहादुर लावति, विभिन्न पार्टी, संघ संस्थाका प्रतिनिधि, समाज सेवी सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा राई समुदायले नाचिने शाकेला नृत्यको रोचक प्रस्तुत रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव…
बिर्तामोड, १९ बैशाख आर सी मूवीले निर्माण गरेको लघु चलचित्र "हाम्रो सामुदायिक वन" को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजामा प्रदर्शन सम्पन्न भएको छ। कार्यक्रमका संयोजक तथा कलाकार मिसकल थेगिमको सभापतित्व र नवनायक राज श्रेष्ठको प्रमुख आतिथ्यतामा लघु चलचित्र हाम्रो सामुदायिक वनको प्रिमियर शो एक औपचारिक कार्यक्रम पश्चात प्रदर्शन सम्पन्न भएको हो। अतिथिहरूमा चलचित्र निर्देशक रेगन प्रसाई, यलम्बर खम्बु, रोहन सेन्चुरी प्रस्ताव मेचे, तिलक रिजाल, कुमार यङयाङ, चुनाव सिंह योंगाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने जेष्ठ नागरिक दिलमाया लिम्बुलाई सम्मान गरिएको थियो । स्थानिय स्तरमा कम्ति लागतमा बनेको लघु चलचित्र झापाको विभिन्न स्थानहरुमा प्रदर्शनको क्रममा रहेको र विशेष गरि…
बिर्तामोड, १८ बैशाख नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम २०८३ साल बैशाख १८ गते शुक्रबारको दिन शान्ती र्यालिको साथ विविध कार्यक्रम गरि सम्पन्न भएको छ। बिहानको समयमा धार्मिक विधि अनुसार पूजा पश्चात शान्ति र्याली गर्दै बिर्तामोड नगर परिक्रमा र औपचारिक कार्यक्रम सगै सांस्कृतिक कार्यक्रमको रमाइलो अनि प्रसाद ग्रहण गरी बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको हो। नमो बौद्ध गुम्बा बिर्तामोडका अध्यक्ष हस्तबहादुर तामाङको सभापतित्व र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेश पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतित्यतामा भएको औपचारिक कार्यक्रममा अतिथिहरू बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, नेपाल तामाङ गेदुङ कार्य वाहक अध्यक्ष फुलमाया तामाङ, समाजसेवी सुभाष भट्टराई,…
इलाम, बैशाख १२ किरात याक्थुम चुम्लुङ माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ। किराँत याक्थुम चुम्लुङ केन्द्रीय सदस्य डाक्टर मधुराज केरुङको प्रमुख आतिथ्यता र किराँत याक्थुम चुम्लुङ माईनगर समितिका अध्यक्ष टुपेन्द्र येक्तेनको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रमको साथमा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सुखानी पार्कमा बैशाख १२ गते शनिबारको दिन सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अतिथिहरूमा सरस्वती तुम्बाम्पे, कृष्ण थेवे, तीर्थ साउदेन, एन्जेस याक्तेन, दीपक कुमार थेबे, आइन्द्रविक्रम शेर्मा, भीममाया नेम्बाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने समितिका सचिव शेरबहादुर थेगिम र पूर्व जिल्ला सदस्य कृष्ण यक्तेनले कार्यक्रम सञ्चालन गर्नु भएको र समितिका उपाध्यक्ष किसान चोङबाङले…
बिर्तामोड, १० बैशाख । तमू ह्युल छोज धीं गुरुङ्ग समाज विर्तामोडको आयोजनामा ७ दिने (तमु) ‘गुरुङ्ग मातृभाषा’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित “तमु, गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा आज विहिबार सम्पन्न भएको हो । गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो । गत बैशाख ४ गते उक्त कार्यक्रमको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय…