बिर्तामोड, ३ कार्तिक
बिर्तामोड १० मा बडा दशैको अवसरमा संन्थाल मेला सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र मेला संयोजक कविता घलेको सभापतित्वमा एक औपचारिक कार्यक्रम सहित झापा जिल्लामा रहेका संन्थाल समुदायका उत्कृष्ट नृत्य टोलिहरुको प्रतिस्पर्धा रहेको थियो। संन्थाल जातिले लगाउने पोशाक र गाजा बाजाले कार्यक्रम रोचक बनाएको थियो । बिहानको समयमा दुर्गा पूजा सँगै सञ्चालन गरेको औपचारिक कार्यक्रम डिल्लीराम दंगालले सञ्चालन गर्नुभएको थियो भने बिर्तामोड १० का वडा सदस्य प्रीथी बहादुर बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो। संन्थाल नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टिम साथै सन्तवना पुरस्कार प्रदान गरिएको थियो ।
प्रथम पुरस्कार : रु ४०,०००/- (झापा गाउँपालिका-१, सिदोकानो समुह), दोस्रो : रु २०,०००/- (कचनकवल-५, संन्थाल युवा क्लव), तेस्रो : रु १५,०००/- (कनकाइ-७, कालिमुडा युवा क्लव) रहेको थियो ।



