बिर्तामोड, २४ साउन
बिर्तामोड-१० मा सिलाइ कटिङ तालिमको प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न।
बिर्तामोड नगरपालिका वडा नं १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र जानुका सिलाइ कटिङ टेलर्स ट्रेनिङ सेन्टरका संचालक भिमा श्रेष्ठको सभापतित्वमा सिलाई कटिङका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको हो।
अथितिहरुमा देवराज बराल, धनमाया श्रेष्ठ, अनुत सुब्बा, भोला पाण्डे, कविता घले लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य मनु मुखियाले राख्नु भएको थियो भने औपचारिक कार्यक्रम संचालन जानुका श्रेष्ठले गर्नु भएको थियो । सिलाइ कटिङ तालिम लिएर दक्ष बन्न चाहने दिदि बहिनीहरुले साउन ३० गते अगाडि आउने हरुको लागि बिशेष छुट रहेको सिलाई कटिङका संचालक भिमा श्रेष्ठले जानकारी दिनु भयो ।



