Skip to main content

ओरेन्ज समाचार

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

Advertisement

झापा, ९ कार्तिक

चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण भापा तथा मातहतका कार्यालयहरूले विभिन्न सीमा नाका र चेकपोइन्टबाट बरामद गरी नष्ट गरेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण लगाएत सीमा सुरक्षामा खटिएका कार्यालयहरूले सीमा क्षेत्रमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा विभिन्न स्थानबाट पटका बरामद गरेका हुन्। बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ।

सशस्त्र प्रहरीले अबैध रुपमा भारतहुँदै भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको र लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न स्थानबाट पटका बरामद गरेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले कुल ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका बरामद गरि नष्ट गरेको जनाएको छ।

पटाका बरामदकै क्रममा पटका ओसारपसारमा प्रयोग गरिएको एक मोटरसाइकलसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ।

चाडपर्वका समयमा पटका तथा अन्य अबैध सामग्रीको ओसारपसार हुन सक्ने भएको हुँदा त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रमा चनाखो भई निगरानी, गस्ती तथा सवारीसाधन चेकजाँचलाई निरन्तरता दिइरहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टबाट प्राप्त जानकारीअनुसार, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन सशस्त्र प्रहरी परिचालनलाई यस जिल्लामा प्रभावकारी बनाइएको छ। सीमा क्षेत्रमा हुने अवैध आयात, चोरीपैठारी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न मातहतका कार्यालयहरूलाई थप सतर्कताका साथ परिचालन गरि अनुगमन समेत गर्ने गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...