Skip to main content

ओरेन्ज समाचार

प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रको १४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १७ भदौ

प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रले १४ औं स्थापना दिवसको अवसरमा बिर्तामोड-१० अवस्थित लक्ष्मीनारायण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्र उपसमिति संयोजक तुलसी ढकालको सभापतित्वमा संचालन भएको एक औपचारिक कार्यक्रममा अथितिहरु बिर्तामोड शाखा उपसमितीका सदस्य नन्दी केशर अधिकारी, सदस्य खडग प्रसाद खरेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुन्य प्रसाद सुवेदी, कर्मचारी, शिक्षक साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने लक्ष्मीनारायण आधारभुत विद्यालयका प्रधानध्यापक जनक बहादुर थापाले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रथम बहुउद्देश्य सहकारीले सेवाग्राहीको सेवा र सुविधा सगै विभिन्न सामाजिक कार्य गर्ने गरेको र सोही क्रममा आज सहकारी संस्थाको स्थापना दिवसको अवसर पारेर संस्थाले १३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको जानकारी बिर्तामोड सेवा केन्द्र कार्यलय प्रमुख फनिन्द्र बोहोराले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...
बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिर्तामोड, १८ भदौ  बढ्दो दुर्घटनालाई मध्य नजर गर्दै बिर्तामोड-३ अवस्थित बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राखिएको छ । बिराटपोखरी स...