Skip to main content

ओरेन्ज समाचार

१/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) को ६७ औं  स्थापना दिवस कार्यक्रम बिर्तामोडमा सम्पन्न ।

Advertisement

बिर्तामोड, १६ भदौ

१/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) को ६७ औं  स्थापना दिवस समारोह भु.पु. सैनिक बटालिक परिवार झापाको आयोजनामा भदौ १६ गते बिर्तामोडको सिटि सेन्टरको सभाहलमा सम्पन्न भएको छ ।

भु.पु. सैनिक बटालिक परिवार झापाका अध्यक्ष हनेरी क्याप्टेन नन्दकुमार लिङदेनको सभापतित्व र पल्टनका जेष्ठ नागरिक चिताहाङ योङहाङको प्रमुख आथित्यतामा १/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) कार्यक्रम मिति २०८३ साल भदौ १६ गते मंगलबारको दिन बिर्तामोडको सिटि सेन्टरमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अथितिहरुमा सुबेदार हस्त बेघा, श्रीमती तिलमाया शेर्मा, यमबहादुर राई,चुणा कर्ण बेघा, तुलाराम लिम्बू, रामप्रसाद लिम्बु, दिलिप सुब्बा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा समितिका सदस्य रमा आङदेम्बेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव राम चन्द्र राई र सहसचिव मेनथिङ तामाङ्गले औपचारिक कार्यक्रम संचालन गर्नु भएको र कोषाध्यक्ष हर्क प्रसाद लिम्बुले आर्थिक बिवरण पेश गर्नु भएको थिए ।

बिहानको समयमा झण्डा उत्तोलन पपश्चात सुरु भएको औपचारिक कार्यक्रममा विभिन्न वक्ताहरुले १/११ गोर्खा राईफल्सको स्थापना देखि अहिले सम्मको उपलब्धी बारे जानकारी दिनु भएको थियो भने दिउसोको खाना पछि रोचक नृत्य र गायनले कार्यक्रमको रौनक बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...
बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राख्ने कार्य सम्पन्न ।

बिर्तामोड, १८ भदौ  बढ्दो दुर्घटनालाई मध्य नजर गर्दै बिर्तामोड-३ अवस्थित बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राखिएको छ । बिराटपोखरी स...