झापा, २५ साउन
इलाम-झापा मैत्री समाजको रक्तदान शिविर तथा श्रावणी पर्व सेवा समापन कार्यक्रम सम्पन्न भएको छ।
प्रत्येक वर्ष साउन महिनाको सोमबार पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वर धाममा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । श्रद्धालु भक्तजनहरूको सुविधालाई मध्यनजर गरेर करिब आठ वर्षदेखि साउन महिनाको प्रत्येक सोमबारको दिन इलाम झापा मैत्री समाजले सातु, पानी र सर्बत वितरण गर्दै आएको छ । रक्तदान जीवनदान भने झैँ यसपालि चाहिँ इलाम झापा मैत्री समाजले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । अर्जुनधारा जलेश्वरधाम दर्शन गर्न आउने ३२ जना श्रद्धालु भक्तजनहरुले रक्तदान गरका छ्न । नेपाल रेड क्रस सोसाइटी झापा जिल्ला शाखा भद्रपुरबाट ५ जना प्राविधिकहरुको उपस्थिति रहेको थियो । जसरी पुजा, धर्म, कर्मले मनमा शान्ती दिन्छ त्यसैगरी रक्तदान गर्दा आत्मा सन्तुष्टि मिल्ने कुरो रक्तदाताहरुले बताउनु भयो ।
इलाम झापा मैत्री समाजका अध्यक्ष तिलोतमा खत्रीको सभापतित्व तथा अर्जुनधारा जलेश्वरधामका महासचिव शिवलाल खतिवडाको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम बीच रक्तदाताहरूलाई प्रमाणपत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। अतिथिहरूमा जीवन भण्डारी, गोविन्द खतिवडा, लोकबहादुर दियाली, डम्मर बस्नेत, तारा बिमली, अन्जु लामिछाने, पर्शुराम खरेल, खगेन्द्र चापागाइ, चन्द्र सुवेदी लगायत व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा महासचिव शिव खनाल बरिष्ठले औपचारिक कार्यक्रम संचालन गर्नु भएको र वरिष्ठ उपाध्यक्ष नरेश कर्मचार्य स्वागत मन्तव्य राख्नु भएको थियो ।



