ओरेन्ज समाचार

Avatar

ओरेन्ज समाचार

236 Posts
जन्मोत्सवको अवसरमा पिउने पानीको धारा दातालाई सम्मान ।

जन्मोत्सवको अवसरमा पिउने पानीको धारा दातालाई सम्मान ।

बिर्तामोड, २५ असोज तामाङ गेदुङ संघ बिर्तामोडको आयोजनामा बिर्तामोड नगरपालिका वडा न. ६ बुट्टाबारी अवस्थित समाधी स्थलमा मलामीहरुलाई पानी पिउन सहज होस भनेर समाज सेवी आशिष बनले आफ्नो जन्म दिनको अवसरमा धारा जडान गरिएको छ। तामाङ गेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व र संघिय सदस्य पदम तामाङको प्रमुख आथित्यतामा सम्पुर्ण तामाङ गेदुङका सल्लाहकार र सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य  समितिका सदस्य टिकाराज घिसिङले राख्नु भएको थियो भने सचिव गणेश तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो ।
Read More
एउटै घरका बाबू र छोरा प्यारालाइज भएर ओछ्यान परेपछि परिवारको बिजोग 

एउटै घरका बाबू र छोरा प्यारालाइज भएर ओछ्यान परेपछि परिवारको बिजोग 

बिर्तामोड, २३ असोज शिवसताक्षी नगरपालिका वडा न. १० बस्ने  बर्ष ७७ को बमबहादुर बर्देवा र छोरा बर्ष ३६ को हेमन्त बर्देवा दुबै जना गम्भीर बिरामी भएर ओछ्यानमा छ्न । बुबा बम बहादुर बर्देवा करिब १ बर्ष देखि प्यारालाईज भएर ओछ्यान पर्नु भएको र फेरि असोज १५ गते राती १ बजे  बिर्तामोडको सैनिक मोडमा छोरा हेमन्त बर्देवालाई गाडिले ठक्कर दिदा गम्भीर घाइते भएर अहिले आर्थिक अभावका कारण उपचार हुन नसकिरहेको अवस्थामा परिवारले सहयोगको अपिल गरेका छन । छोरा हेमन्त बर्देवाको दुर्घटना हुँदा गाडिको पहिचान हुन नसकेको र बि एण्ड सी मा उपचार गराउने क्रममा २५ लाख लाग्ने भएको तर घरको आर्थिक…
Read More
बिर्तामोडमा च्ट्याङ लागेर एक जना महिलाको निधन

बिर्तामोडमा च्ट्याङ लागेर एक जना महिलाको निधन

बिर्तामोड, १५ असोज बिर्तामोड नगरपालिका वडा न. ३ बस्ने २८ बर्षिय दिलकुमारी ऋषीदेवको मिति २०८२ असोज १५ गते दिउँसो बर्षाको समयमा खेतबारीमा बाख्रा लिन जाने क्रममा च्ट्याङले लागेर मृत्यु भएको सोही स्थान बस्ने स्थानियहरुले जानकारी दिनु भएको छ । मृतकको श्रीमान बिनोद ऋषिदेव, एक छोरा र एक छोरी छ्न । मृतकको पर्थिव शरीर मेची प्रदेशिक अस्पताल पोस्ट मार्टमको लागि लगिएको र पोस्ट मार्टम पश्चात् दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ ।
Read More
लोप हुँदै गरेको रोटे पिङ जगेर्ना गर्दै छिरिङ जिम्बा तामाङ

लोप हुँदै गरेको रोटे पिङ जगेर्ना गर्दै छिरिङ जिम्बा तामाङ

बुद्धशान्ती, १२ असोज हिन्दुहरुको महान चाड बडा दसैं तथा शुभदिपावलीको उपलक्ष्यमा बुद्धशान्ती गाउँपालिका वडा न. २ बस्ने छिरिङ जिम्बा तामाङले आफ्नै लगानीमा निर्माण गरिएको आजभोली लोप हुँदै गएको रोटेपिङ फुलपातीको दिन उद्घाटन गरेका छ्न । काठबाट निर्माण नरिने रोटेपिङ मात्र हैन उनले केही महिना अगाडि रुखको टुप्पामा निर्माण गरिएको भाइरल घर हेर्न झापा लगायत पुर्वका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत देखि पनि पर्यटकहरु आउने गरेका छ्न । उनको यो कला देखेर प्रशंसा गर्ने मात्र हैन दुर्गम जस्तै देखिने यो ठाउँ भ्रमण गर्न पर्यटकहरु आएको देख्दा छिमेकीहरु पनि दङ्ग छ्न । घुम्न डुल्न बस्न नि:शुल्क रहेको यस ठाउँमा पुर्ण रुपमा प्रकृतिक…
Read More
झापा नेत्रहिन संघको १९ औं साधारण सभा सम्पन्न ।

झापा नेत्रहिन संघको १९ औं साधारण सभा सम्पन्न ।

बिर्तामोड,११ असोज   झापा नेत्रहिन संघको १९औं वार्षिक साधारण सभा तथा आउँदो बडादशैं,दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिर्तामोड–३ बिर्ता बजारस्थित संघको सभा हलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बाँस्तोला, विराट बहुउद्देश्यीय सहकारीका अध्यक्ष रुद्र सिटौला, समाजसेवी कविता घले गुरुङ, कन्चनजङ्गा इङ्गलिस स्कूल बिर्तामोडका संस्थापक डा. केशवराज न्यौपानेलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संग्रौलाले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए। सो अवसरमा संघमा अध्ययनरत सदस्यहरू दिनेश मोची, प्रकाश खरेल र सुष्मा ढुंगेललाई…
Read More
नेफिन बिर्तामोडको चौथो अधिवेशन सम्पन्न ।

नेफिन बिर्तामोडको चौथो अधिवेशन सम्पन्न ।

बिर्तामोड,४ असोज  नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि दिपेन्द्र चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नव निर्वाचित पदाधिकारीमा उपाध्यक्ष सुबास तामाङ, रत्ना राजबंशी र देबी माया श्रेष्ठ, सचिव लिला गुरुङ, सहसचिव राज मुखिया र प्रभास थापा मगर, कोषाध्यक्षमा चुडाकर्ण बेघा रहेका छन्। यस्तै सदस्यहरूमा श्याम मुर्मु, धनन्जय गणेश र बिवश शेर्पा चयन भएका छन्। पाँच सदस्यीय निर्वाचन मण्डलका संयोजक कृष्ण थेवे र सदस्यहरू बिरेन मेचे, प्रेमसिंह घिसिङ, सुनिता तामाङ्ग र लक्ष्मण श्रेष्ठले परिणाम सार्वजनिक गरेका थिए। निर्वाचन मण्डलका अनुसार एक सहसचिव (महिला) र अन्य चार महिला सदस्य…
Read More
विविध कार्यक्रम सहित आदिवासी जनजाति नेत्रहीन संघको स्थापना दिवस सम्पन्न

विविध कार्यक्रम सहित आदिवासी जनजाति नेत्रहीन संघको स्थापना दिवस सम्पन्न

झापा, असोज ३ – आदिबासी जनजाति नेत्रहिन संघ झापाको १५औं स्थापना दिवस शिवसताक्षी–१० माईधारस्थित किरात खिजोलुङ्ग माङ्गहिम परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघका अध्यक्ष भोज कुमार तामाङ्गको अध्यक्षता तथा प्राज्ञ **सुमित्रा वाङ्गदेल “चेली”**को प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै कन्काई कोटी होमका अध्यक्ष शेर बहादुर थापा, गैडे सामुदायिक बन शिवसताक्षी–१० का अध्यक्ष राम लावती, किरात खिजोलुङ्ग माङ्गहिमका अध्यक्ष भवानी बिक्रम सेलिङ्ग, वडा अध्यक्ष दिपक कुमार पोखरेल, संघका सल्लाहकार कृष्ण थेवे र शिवकुमार राजभण्डारी, नेपाल आदिबासी जनजाति महासंघ झापा सचिव लक्ष्मण श्रेष्ठ, दोमुखा पर्यटन उपाध्यक्ष इन्द्र त्यौपानेलगायतको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा प्रमुख अतिथि चेलीले दिप प्रज्वलन गर्नुभएको थियो भने…
Read More
जेन जि को आन्दोलन पश्चात् झापामा सामान्य बन्दै जन जीवन ।

जेन जि को आन्दोलन पश्चात् झापामा सामान्य बन्दै जन जीवन ।

झापा, ३० भदौ भदौ २२ र २३ गते भएको देश व्यापी आन्दोलनमा देशका विभिन्न स्थानहरुमा आगजनी भएको थियो । आन्दोलनमा मानविय क्षत्ति सगै सार्वजनिक र व्यक्तिगत सम्पत्तिहरुको आगजनी भएको थियो भने चोरी चकारी र डकैतीको खतराले जनजिवन प्रभावित भएको थियो । पुर्व प्रधानमन्त्री केपि ओलिले पदबाट राजिनामा दिए सगै शुशिला कार्की अन्तरिम प्रधानमन्त्री भए पश्चात नेपालमा भष्टचार न्युनिकरण हुन्छ भन्ने नेपालीहरुमा आशा पलाएको छ । समय परिवर्तन सगै अहिले झापामा जनजीवन सामान्य बन्दै गइरहेको छ ।
Read More
बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८२ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई

बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८२ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई

बिर्तामोड, २८ जेठ बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम आगामी जेठ ३१ गते बिर्तामोड सिटी सेन्टरमा भव्य रूपमा आयोजना हुने भएको छ। गोर्खा फाउण्डेसन नेपालले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। यस वर्षको विशेष सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई प्रदान गरिनेछ। कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको र अघिल्लो वर्षदेखि सुरु भएको यो सम्मानलाई यसपटक पनि निरन्तरता दिइएको छ। यो वर्षदेखि नगद राशीको व्यवस्था हटाइएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले जानकारी दिए। अघिल्लो वर्ष भने कदरपत्रसँगै नगद पनि प्रदान गरिएको थियो। कार्यक्रममा दार्जिलिङबाट मारुनी नाच र मादल टोली, साथै स्थानिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै झापाको विभिन्न क्षेत्रमा…
Read More
महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

बिर्तामोड, २५ जेठ सैनिक बजार महिला नौमती बाजा समितिका अध्यक्ष खिलेश्वरी पाण्डेको सभापतित्व र बिर्तामोड १०वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा बिर्तामोड १० को जेष्ठ नागरिक भवनमा एक दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बिर्तामोड १० का टोल विकास संस्थाहरुबाट महिलाहरुको उपस्तिथि रहेको थियो । प्रशिक्षक हरि प्रसाद सिटौलाले प्रशिक्षण दिएको एक दिने तालिममा मानसिक रुपमा महिलाहरु कसरी सबल बन्न सक्छ र महिलाले राज्यको विभिन्न क्षेत्रमा आफ्नो पहुच कसरी बनाउन सक्छ्न भन्ने बिषयमा सचेतना मुलक कार्यक्रममा समितिका सचिव संगिता भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो भने…
Read More