बिर्तामोड, १२ भदौ
बिर्तामोडमा सन्थाल समुदायको माझीथान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता र माझी थान निर्माण समितिका अध्यक्ष शान्ति मर्डी को सभापतित्वमा बिर्तामोड नगरपालिका वडा नं ४ अवस्थित सूर्यनारायण टोल विकास संस्थामा रहेको सन्थाल समुदायको मन्दिर माझिथान उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । सन्थाल समुदायको धार्मिक विधिअनुसार बिहान पूजापाठ र दिउसो माझिथान उद्घाटन पश्चात औपचारिक कार्यक्रम रहेको थियो भने कार्यक्रममा माझिथान निर्माणको लागि आर्थिक अथवा श्रमदान गरि सहयोग गर्नु हुने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । अथितिहरुमा बिर्तामोड-४ का वडा अध्यक्ष केशव कुमार श्रेष्ठ, नेपाल सन्थाल विकास संघका अध्यक्ष डिबिलाल मर्डी, सुर्यनारायण टोल विकास संस्थाका अध्यक्ष गणेश तामाङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक स्याम मुर्मुले गर्नु भएको थियो भने कार्यक्रम संचालन अनिता हस्दाले गर्नु भएको र सहजिकरण सम्राट श्याम मुर्मुले गर्नु भएको थियो ।



