Skip to main content

ओरेन्ज समाचार

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

Advertisement

झापा, १४ कार्तिक

श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते देखि निर्माण कार्य सुरु गर्ने भएको छ । अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिका अध्यक्ष केशव भण्डारीको सभापतित्व तथा श्रम संस्कृति पार्टीका केन्द्रिय सदस्य हिमालय प्रकाश कन्दङवाको प्रमुख आथित्यतामा पुर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा ज्वलेश्वरधाममा आज कार्तिक १४ गते शुक्रबारको दिन पत्रकार सम्मेलन सम्पन्न भएको र अथितिहरुमा कैलाशघाट समितिका अध्यक्ष केदारनाथ पराजुली, अर्जुनधारा-७ का वडा अध्यक्ष गोबिन्द खतिवडा, अर्जुनधारा -५ का वडा अध्यक्ष गिताराज खड्का, अर्जुनधारा ज्वलेश्वरधाम मन्दिरका कोषाध्यक्ष मनोज जोसी, प्रमुख पुजारी अग्नीप्रसाद सिग्देल लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । दाह संस्कार गर्दा पार्थिव शरिरलाई जलाइ सकेपछि अर्जुनधारा धामको पवित्र जल प्रयोग गर्दा आत्माले मोक्ष प्राप्त हुन्छ भन्ने विश्वासको आधारमा अर्जुनधारा ज्वलेश्वर धाम देखि कैलाशघाट सम्म करिब ३ किलो मिटर पानीको पाइप निर्माण गर्ने योजना भएको र करिब १५ लाख जतिको बजेट आवश्यक परेको हुनाले देश विदेशबाट सहयोग गर्न चाहनु हुने इच्छुक महानुभावहरुले सहयोग गरिदिनु हुन अनुरोध गर्दै श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारीले QR सार्वजनिक गर्नु भयो ।
पत्रकार सम्मेलनको औपचारिक कार्यक्रममा अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिका सह संयोजक सुजन सिवाकोटीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शिवन सोराली मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...
रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङमा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाश प्राप्त शिक्षक सम्मानित ।

रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त...