बिर्तामोड, १३ भदौ
नेवा: देय् दबू बिर्तामोडको आयोजनामा गाइजात्रा कार्यक्रम पितृहरुको आत्माको शान्तिको कामना गर्दै मनाइयो ।
प्रत्येक बर्ष धुमधामका साथ मनाइने गाइजात्रा पर्व यसपाली झापामा सामान्य तरिकाले मनाइएको छ। बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेवा: देय् दबू बिर्तामोडका कार्यवाहक अध्यक्ष जङ्ग बहादुर श्रेष्ठको सभापतिमा संचालन भएको एक औपचारिक कार्यक्रममा अथितिहरु नेवा: देय् दबू कोशी प्रदेश पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक इन्द्र बहादुर श्रेष्ठ , बिर्तामोड-६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा, बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ,नेवा: देय् दबू केन्द्रीय समिति सचिवालय सदस्य नारायण श्रेष्ठ, केन्द्रीय समिति सदस्य भीमकला श्रेष्ठ, राष्ट्रिय पार्षद् सदस्य गणेशकुमार शाक्य, केन्द्रीय समिति निवर्तमान सचिव दिनेश शाक्य, केन्द्रीय समिति सदस्य सुन्दरी श्रेष्ठ, कोशी प्रदेश समिति उपाध्यक्ष ओम प्रकाश श्रेष्ठ, कोशी प्रदेश समिति सचिवालय सदस्य छत्रबहादुर श्रेष्ठ, नेवा: निसा दबु केन्द्रीय उपाध्यक्ष तिलरुपा श्रेष्ठ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बिर्ताकोडको मुक्ति चोकमा दिउसोको समयमा शान्ती र्याली गरि सिटि सेन्टरको सभाहलमा विविध कार्यक्रमको साथमा लाखेको रोचक नृत्य प्रतियोगिता सहित सभ्य र भव्य रुपमा सम्पन्न भयो भने कार्यक्रममा समितिका उपाध्यक्ष मनकुमारी प्रधानले स्वागत मन्तव्य राख्नु भएको थियो र समितिका सचिव दिलिप प्रधानले कार्यक्रम संचालन गर्नु भएको थियो ।
लाखे नृत्य प्रतियोगितामा नेवा: देय् दबू बिर्तामोड-८ पहिलो, नेवा: देय् दबू बिर्तामोड-९ दोस्रो, नेवा: देय् दबू बिर्तामोड-२ तेस्रो र नेवा: देय् दबू बाह्रदशीले चौथो स्थान हासिल गर्न सफल भएका छन । कार्यक्रममा ठाकठुके नृत्य, लाखे नृत्यको रोचक प्रस्तुति सगै नेवारी परिकार ग्रहण र कार्यक्रममा सहयोग गर्नु हुने विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बृहत रुपमा मनाइने गाइजात्रा कार्यक्रम यसपाली भदौ १० गते रसुवामा बाढीले धेरै जनधनको क्षती भएर देश नै शोकमा डुबेको कारण सामान्य तरिकाले मनाइएको कुरो कार्यक्रमका संयोजक इन्द्र बहादुर श्रेष्ठले बताउनु भयो ।



