ओरेन्ज समाचार

मंसिर १ गते बाट बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव सुरु हुने

मंसिर १ गते बाट बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव सुरु हुने

मंसिर १ गते बाट बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव सुरु हुने

२९ कात्तिक,बिर्तामोड नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड र कोशी प्रदेश चलचित्रकर्मी संघको आयोजनामा बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव २०८१ हुने भएको छ । आगामी मंसिर एक गते देखि मंसिर पन्ध्र गते सम्म महोत्सव आयोजना हुने साथै बाईसवटा स्टल मार्फत स्थानिय उत्पादनका सामाग्री   लगायतका व्यापारिक स्टल रहने, महोत्सव अवधिमा राष्ट्रिय स्तरका कलाकारहरु पूर्ण राई,कमल खत्री, शांतीश्री परियार,ज्योति मगर,समिक्षा अधिकारी,राजेश पायल राई,एलिना चौहान,ताराप्रकाश लिम्बु,जितु लोक्ताम लगायतको सांगितिक प्रस्तुतिले मनोरन्जन गराईने साथे तामाङ्ग संस्कृति झाँकी प्रदर्शन गरिने आयोजक तामाङ्ग घेदुङ्ग बिर्तामोड नगरका नगर अध्यक्ष बिजय तामाङ्गले जानकारी गराए। महोत्सवमा चलचित्र पर्दशनी,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम,चलचित्र कार्यशाला,चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम,नेपाल भारतका…
Read More
कि या चु वडा ५ को बलिहाङ तङ्नाम समापन कार्यक्रम समपन्न ।

कि या चु वडा ५ को बलिहाङ तङ्नाम समापन कार्यक्रम समपन्न ।

कि या चु बिर्तामोड नगर शाखाका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाको प्रमुख आथित्यता र कि या चु बिर्तामोड ५ का अध्यक्ष चुना कर्ण बेघाको सभपतित्वमा बलिहाङ तङ्नाम समापन कार्यक्रम समपन्न भएको छ । कि या चु झापा सचिव भिमा नेम्बाङ, कि या चु बिर्तामोड सचिव शेरबहदुर मादेन, खेमराज राई, कृष्ण हेम्ब्या लगायत व्यक्तिहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा भलिहाङ तङनाम २०८१ मा कार्यक्रम समपन्न गराउन सहयोग गर्ने सम्पुर्ण कलाकारहरु र सहयोगी महानुभावहरुलाई सम्मान गरेको थियो भने कार्यक्रम मनु मिन्यङ्बोले सन्चालन गर्नु भएको थियो । कि या चु वडा ५ ले देउसी भैलो २०८१ मा रु. २९२००० (दुई लाख बियानब्बे हजार) रकम…
Read More
नेपाल संबत ११४५ को अवसरमा नेवा:देय दबू बिर्तामोड नगर समितको एक दिवशीय मोटरसाईकल रयाली कार्यक्रम सम्पन्न । 

नेपाल संबत ११४५ को अवसरमा नेवा:देय दबू बिर्तामोड नगर समितको एक दिवशीय मोटरसाईकल रयाली कार्यक्रम सम्पन्न । 

१७ कात्तिक,बिर्तामोड नेवा:देय दबू बिर्तामोड नगर समितिले नेपाल संबत ११४५ को अवसरमा एक दिवशीय मोटरसाईकल रयाली आयोजना गरि उक्त रयाली सम्पन्न गरेको छ। नेपाल संबतका पर्बतक शंखधर शाखवाको तस्बिर सहित गाडी र मोटरसाईकलमा रयालीले बिर्तामोड नगरपालिकाको दशवटै वडा परिक्रमा गरेको हो। बिर्तामोडको कुशल होटलमा भेला भै बिर्तामोड,बुट्टाबारी,गरामनी, देउनिया,लखीबारी,सैनिक बजार,पत्थरभिट्टा भिमसेन मन्दिर चकचकी,बिर्ताबजार हुदै पून बिर्तामोड मूक्तिचोक पुगेर रयाली समापन गरिएको हो भने यस बिचमा पर्ने बिर्तामोड-९ लखीबारीको भिमसेन मन्दिरमा बक्ताहरुले शुभकामना दिनुको साथै त्यस मन्दिरका पुजारी जेष्ठय नागरिक पदम श्रेष्ठलाई नगद प्रदान सहित फूलमाला लगाई दिएर नेवाःदेय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठले सम्मान जनाएका हुन्। सोही क्रममा बक्ताहरु अध्यक्ष छत्र बहादुर श्रेष्ठ,…
Read More
बाह्र्दशी ४ को श्री काली पुजा धार्मिक मेला उद्घाटन

बाह्र्दशी ४ को श्री काली पुजा धार्मिक मेला उद्घाटन

झापाको बाह्रदशी गा.पा. वडा-४ स्थित चकचकी बजारमा आज देखि कार्तिक २२ गते सम्म आयोजना हुने श्री काली पुजा धार्मिक मेलाको उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रह्नु भएका बाह्रदशी गा. पा.अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले आज एक कार्यक्रमका बिच ब्यानर पढेर मेलाको उद्घाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बाह्रदशी गा.पा.वडा न ४ का वडा अध्यक्ष मह्ताब आलम, बाह्रद्शी गा.पा. की उपाध्यक्ष सान्ता खरेल, समाजसेबी दयानन्द गोश्वामी,भगिरत पोद्दार,पुर्व वडा अध्यक्ष समिम मिया, टेक प्रसाद आचार्य लगायत रह्नु भएको थियो।कार्यक्रममा बोल्दै गा.पा.अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले मेलालाइ भब्य र सब्य रुपमा सम्पन्न गर्न सुरक्षा निकाय लगायत मेला आयोजक…
Read More
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड -१० वडा समितिको बिस्तारित बैंठक बिर्तामोड १० को ज्येष्ठ नागरिक भवनमा सम्पन्न ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड -१० वडा समितिको बिस्तारित बैंठक बिर्तामोड १० को ज्येष्ठ नागरिक भवनमा सम्पन्न ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड -१०, वडा समितिको बिस्तारित बैंठक बिर्तामोड १० को ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको छ । राप्रपा केन्द्रिय सदस्य श्री डिबि थापा र बुद्धिजीवी तथा धार्मिक ब्यक्तित्व श्री धुर्व प्रसाद शिवाकोटी ज्यूको प्रमुख आतिथ्यतामा बसेको बैंठकमा कार्यक्रम पार्टीका सचिव पृथ्वी बस्नेतले संचालन गरेका थिए । अधिवेशनबाट सर्वसम्वत अध्यक्षमा पृथ्वी बहादुर बस्नेत लगायत २१ सदस्यीय समिति गठन भएका छन ।
Read More
किरातेश्वर माङहिम बिर्तामोड १० को प्रथम अधिवेशन कार्यक्रम सम्पन्न ।

किरातेश्वर माङहिम बिर्तामोड १० को प्रथम अधिवेशन कार्यक्रम सम्पन्न ।

बिर्तामोड,  ३ कात्तिक किरातेश्वर माङहिम का अध्यक्ष रिमानधोज लोक्तामको सभापतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा प्रथम अधिवेशन कार्यक्रम कात्तिक ३ गते किरात याक्थुङ चुम्लुङ बिर्तामोड १० को भवनमा सम्पन्न भएको छ । अथितिहरु मनु मुखिया, पृथ्वी बस्नेत, दिपिका सिवा,  जगदिष चन्द्र गुरुङ, डिल्ली लिङदेन, तिल बहादुर सिगु, पुर्ण बहादुर लिङदेन, देउमान नेम्वाङ, पुर्ण प्रकाश लिङदेन, दिल कुमार लिङदेन लगायत व्यक्तिहरु उपस्थित रहेको उक्त कार्यक्रममा टेक बहादुर देवानले स्वागत मन्तव्य राख्नु भएको थियो भने चाम बहादुर जबेगुले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रमको खुल्ला सत्रमा अथितिहरुले मन्तव्य दिने क्रममा धर्म र संस्कृति जगेर्ना गर्ने दायित्व…
Read More
सिताराम मुशहरको दशैँ टिकाको दिन मृत्यु

सिताराम मुशहरको दशैँ टिकाको दिन मृत्यु

२७ असोज,बिर्तामोड बिजया दशमी टिकाकै दिन बिर्तामोड-१० मुशहर वस्तीका सिताराम मुशहर ऋषिदेवको मृत्यू भएको छ। सोही दिन बेलुका करिब पाँच बजे साँझ मेची प्रादेशिक अस्पतालमा उनको मृत्यू भएको पारिवारिक श्रोतले जनाएको हो। बिर्तामोड-१० बिराटपोखर मुशहर बस्ती सडक किनारामा बस्दै आएका सितारामलाई शनिबार बिहान ६ बजे उनको घरबाट करिब पाँच सय मिटर टाढाको मनकामना मन्दिर बिराटपोखरमा चिन्ताजनक अवस्थामा लडिरहेको भेट्टाइएको जनाईएको हो। उनले शुक्रबार बिहानै घर छाडेका जनाईएको हो। प्रत्यक्षदर्शीका भनाई अनुसार उनी केही मादक पर्दाथ सेवन गरी मातेकै अवस्थामा शुक्रबार नाँच्दै घर घरमा माग्दै हिडेको जनाईएको हो। शुक्रबार बिहान दश बजे स्थानियले मन्दिर परिसरमा उनलाई देखेपछि घर जान आग्रह गरेका हुन्…
Read More
नवदुर्गा मन्दिर हल्दिबारीमा फूलपाती भित्र्याइयो    

नवदुर्गा मन्दिर हल्दिबारीमा फूलपाती भित्र्याइयो    

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिका-४, जलथल बडाबारीस्थित नवदुर्गा मन्दिरमा बडा दशैंको फूलपाती भित्र्याइएको छ। नेपालीहरुको महान् पर्व बडा दशैं अन्तरगत नवरात्रको सातौं दिन महासप्तमीको अवसरमा नवदुर्गा मन्दिरबाट पाथिभरा सिंहकाली  धार्मिक तथा पर्यटकीय स्थल, गणेश मन्दिर र शिवालय मन्दिर हुँदै पूजा   तथा नगरपरिक्रमसहित नवदुर्गा मन्दिरमा नवपत्रिका प्रवेश (फूलपाती भित्र्याइने) कार्यक्रम सम्पन्न भएको हो। नवरात्रको सातौं दिन नवदुर्गा भवानीको ९ रुपमध्ये भगवती कालरात्रीको पूजा आराधना गरिनुको साथै नवपत्रिका प्रवेश अर्थात् फूलपाती  भित्र्याउने कार्य सम्पन्न गरिन्छ। यसै परम्परा अनुसार हल्दिबारी-४, वडा कार्यालयसँगै रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा विधिवत नवप्रत्रिका  प्रवेश कार्यक्रम सम्पन्न भएको हो। नवपत्रिका प्रवेश कार्यक्रम पश्चात् कोण सभाको आयोजना गरिएको…
Read More
बडा दशैँको शुभकामना आदानप्रदान संगै गाउँको विकास बारे छलफल कार्यक्रम सम्पन्न।

बडा दशैँको शुभकामना आदानप्रदान संगै गाउँको विकास बारे छलफल कार्यक्रम सम्पन्न।

बिर्तामोड, २२ असोज कुवापानी टोल विकास संस्थाका अध्यक्ष उदिम ओलीको सभापतित्व र छविलाल चुडालको प्रमुख आतिथ्यतामा आउदै गरेको चाडपर्वहरु बडा दशैँ, शुभदिपावली र छैट पर्वको अवसरमा शुभकामना आदानप्रदान सगै गाउँ विकास सम्बन्धि छलफल कार्यक्रम असोज २२ गते मङ्गलबारको दिन सम्पन्न भएको छ । सचिव रेनुका पाण्डेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड १० निवर्तमान जनप्रतिनिधि सदस्यहरु भक्तसिंह राजबंशी र गिता घिमिरे, कृष्ण बिमली,तोम ओली, नित्यानन्द दाहाल, समिर घिमिरे लगायत व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा शुभकामना आदानप्रदान संगै गाउँको बाटो बिग्रिएर आवतजावतमा समस्या भएकाले त्यसको दिर्घकालिन समाधान बारे छलफल भएको थियो ।
Read More
अनिष न्यौपानेको परिवारमा समबेदना व्यक्त

अनिष न्यौपानेको परिवारमा समबेदना व्यक्त

२२ असोज,झापा नेपाली कांग्रेस बिर्तामोड-१० सभापति मदन कुमार गुरुङ्ग,झापा जिल्ला सचिव नबिन बिमली,बिर्तामोड नेपाली कांग्रेस वडा न.१० सचिवद्धय भवानी पाण्डे र खेमराज राई (अर्जुन) एबं नेपाली कांग्रेस बिर्तामोड वडा न १० परिवारले शोकमा रहनुभएका बिर्तामोड-१० शिवालय टोल बिकाश संस्थाका न्यौपाने परिवारमा समबेदना पत्र बाचन गरेर परिवारजनमा बूँझाउदा माहोल स्तब्ध बन्यो। आज गत असोज चौध गते बिर्तामोड-१० ठूट्टेबरमा मोटरसाईकल दुर्घटनामा परि असमायिक निधन हुनुभएका अनिष न्यौपानेको नवौं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस बिर्तामोड वडा न.-१० परिवारले शोकाकुल परिवारजनमा समबेदना पत्र हस्तान्तरण गरेको हो। यस अघिनै लक्ष्मीनारायण आधारभूत विद्यालय परिवार बिर्तामोड-१० का तर्फबाट प्रधानाध्यापक जनक बहादुर थापा,अध्यक्ष तोम प्रसाद ओली, शिवालय महिला…
Read More