Skip to main content

ओरेन्ज समाचार

सिताराम मुशहरको दशैँ टिकाको दिन मृत्यु

Advertisement
२७ असोज,बिर्तामोड
बिजया दशमी टिकाकै दिन बिर्तामोड-१० मुशहर वस्तीका सिताराम मुशहर ऋषिदेवको मृत्यू भएको छ। सोही दिन बेलुका करिब पाँच बजे साँझ मेची प्रादेशिक अस्पतालमा उनको मृत्यू भएको पारिवारिक श्रोतले जनाएको हो। बिर्तामोड-१० बिराटपोखर मुशहर बस्ती सडक किनारामा बस्दै आएका सितारामलाई शनिबार बिहान ६ बजे उनको घरबाट करिब पाँच सय मिटर टाढाको मनकामना मन्दिर बिराटपोखरमा चिन्ताजनक अवस्थामा लडिरहेको भेट्टाइएको जनाईएको हो। उनले शुक्रबार बिहानै घर छाडेका जनाईएको हो। प्रत्यक्षदर्शीका भनाई अनुसार उनी केही मादक पर्दाथ सेवन गरी मातेकै अवस्थामा शुक्रबार नाँच्दै घर घरमा माग्दै हिडेको जनाईएको हो। शुक्रबार बिहान दश बजे स्थानियले मन्दिर परिसरमा उनलाई देखेपछि घर जान आग्रह गरेका हुन् तथापि उनी घर नगएका हुन् । पुनः शनिबार बिहान चिन्ताजनक अवस्थामा बिहान ६ बजे सोही मन्दिर रहेको स्थानमा लडिरहेको स्थानियले भेट्टाएर परिवारलाई खबर गरि परिवारले सोझै अटोमा राखी बिर्तामोडको संजीवनी हस्पिटल लगेकोमा त्यहाँ उपचार हुन नसकी बिर्तासिटि त्यहाँबाट पनि बि एण्ड सि हुदै मेची प्रादेशिक अस्पताल लगेकोमा उनको उपचारको क्रममा साँझ करिव पाँच बजे त्यही मृत्यू भएको उनका छोरा लक्षमण ऋषिदेव मुशहरले बताए।
मजदूरी गर्दै जीवन यापन गर्दै रहेका सिताराम करिब त्रिपन्न बर्षको रहेको र श्वास प्रश्वासको रोगी भएको र मादकपर्दाथ सेवन गर्ने रहेको र साथमा एक श्रीमति,एक छोरा र पाँच छोरी रहेको जनाईएको हो भने उनको आईतबार १० बजेतिर कन्काई आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...