Skip to main content

ओरेन्ज समाचार

समाचार लेखन तथा आचार संहिता सम्बन्धी तीन दिने तालिम सम्पन्न ।

Advertisement

बिराटनगर, २४ जेठ

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा झापा, मोरङ, सुनसरी र भोजपुरका पत्रकारहरूको समाचार लेखन क्षमता विकासको निम्ति जेष्ठ २२ गते देखि २४ गते सम्म तीन दिने तालिम विराटनगरमा सम्म भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्व र विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जेठ २२ गते कार्यक्रम उद्घाटन र आज जेठ २४ गते आइतबारको दिन सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षकहरू यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडा द्वारा प्रदान गरिएको तालिममा समाचार के हो? समाचार कसरी लेखिन्छ? समाचार कहाँ पाइन्छ ? जस्ता कुराहरु सिकाइएको थियो भने समाचार लेखन सग आचारसंहिताको सम्बन्ध र यसको महत्वबारे जानकारी गराइएको थियो। समापनको औपचारिक कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीला बल्लब घिमिरे, विराटनगर महानगरपालिका सञ्चार शाखा प्रमुख कमला निरौला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमोद अधिकारी, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका महासचिव बाबुराम भण्डारी, नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...