Skip to main content

ओरेन्ज समाचार

हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

Advertisement

हल्दिबारी, २० बैशाख

हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।हल्दीबारी गाउँपालिका वाड नं १ का खेलकुद संयोजक प्रकाश कुमार कार्कीको सभापतित्व र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यतामा २०८३ साल वैशाख २० गते आइतबारको दिन फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। उद्घाटनको औपचारिक कार्यक्रममा अतिथिहरू हल्दीबारी गाउँपालिका वडा अध्यक्षहरु देवीबहादुर थापा, सन्त कुमार थापा, शुक्लाल राजवंशी, विष्णुप्रसाद ओली, खड्क बहादुर लावति, विभिन्न पार्टी, संघ संस्थाका प्रतिनिधि, समाज सेवी सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा राई समुदायले नाचिने शाकेला नृत्यको रोचक प्रस्तुत रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव मनाहाङ सम्बाम्फेले गर्नु भएको र स्वागत मन्तव्य उपाध्यक्ष सुमन गुरुङले राख्नु भएको थियो।
फुटबल प्रतियोगिताको उद्घाटनको पहिलो खेलमा हल्दिबारी-१ र हल्दिबारी-३ को कडा प्रतिस्पर्धा रहेको थियो । खेलको पहिलो हाफ्टेन सम्म दुबै टिमको १-१ गोल रहेको थियो भने त्यस पश्चात हल्दिबारी-१ को टिमबाट थप २ गोल लगाए पछि हल्दिबारी-१ ले १ गोलको विरुद्ध हल्दिबारी-३ लाई ३ गोल लगाइ पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...