Skip to main content

ओरेन्ज समाचार

नवदुर्गा मन्दिर हल्दिबारीमा फूलपाती भित्र्याइयो    

Advertisement

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिका-४, जलथल बडाबारीस्थित नवदुर्गा मन्दिरमा बडा दशैंको फूलपाती भित्र्याइएको छ।

नेपालीहरुको महान् पर्व बडा दशैं अन्तरगत नवरात्रको सातौं दिन महासप्तमीको अवसरमा नवदुर्गा मन्दिरबाट पाथिभरा सिंहकाली  धार्मिक तथा पर्यटकीय स्थल, गणेश मन्दिर र शिवालय मन्दिर हुँदै पूजा

  तथा नगरपरिक्रमसहित नवदुर्गा मन्दिरमा नवपत्रिका प्रवेश (फूलपाती भित्र्याइने) कार्यक्रम सम्पन्न भएको हो।

नवरात्रको सातौं दिन नवदुर्गा भवानीको ९ रुपमध्ये भगवती कालरात्रीको पूजा आराधना गरिनुको साथै नवपत्रिका प्रवेश अर्थात् फूलपाती  भित्र्याउने कार्य सम्पन्न गरिन्छ। यसै परम्परा अनुसार हल्दिबारी-४, वडा कार्यालयसँगै रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा विधिवत नवप्रत्रिका  प्रवेश कार्यक्रम सम्पन्न भएको हो।

नवपत्रिका प्रवेश कार्यक्रम पश्चात् कोण सभाको आयोजना गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले दशैं सबै नेपालीहरूको साझा पर्व भएकोले समाजमा सद्भाव कायम राख्दै सबै मिलेर मनाउनु पर्ने बताए। कसैकसैले यस पर्वको आदर्श र उदेश्यप्रति नकारात्मक भ्रम छर्न खोजे पनि त्यो सत्य नभएको बताए।

कार्यक्रममा विभिन्न जातजाति, समुदायले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। मौलिक संस्कृति झल्कने मौलिक पोशाकमा संगिनी, सन्थाल नृत्य, पञ्चैावाजा नाच,     लगायतको प्रस्तुति रहेको कार्यक्रममा सहभागी सांस्कृतिक टोलीलाई सम्मान समेत गरिएको  थियो।

पूजा व्यवस्थापन समिति संयोजक गणनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सताक्षीधामका महन्त नन्दकिशोर भारद्वज, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, वडा नं.४का वडाध्यक्ष सन्तोष थापा मगर,विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायतको आतिथ्य रहेको थियो। नवपत्रिका प्रवेश तथा नगरपरिक्रममा सर्वसाधारणको उत्साहपूर्ण बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अर्जुन भट्टराईले गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...