Skip to main content

ओरेन्ज समाचार

एनएमसीको ३२ औं साधरणसभा अन्तरगत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न

Advertisement

बिर्तामोड ।  नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले ३२ अौं साधरणसभा अन्तरगत सैनिकबजार  उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ।

सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिको प्रतिवेदन आन्तरिक लेखा परीक्षण विभाग प्रमुख बसन्त राईले प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पुँजी १अरब ४७करोड ३६हजार, निक्षेप मौज्दात १० अरब ६० करोड ५६ लाख, कर्जा लगानी ११अरब ५२ करोड ३८लाख  रहेको छ। हाल १ लाख ८३ हजार बढी शेयर सदस्य रहेको संस्थाले यस वर्ष २५ करोड ४२ लाख१५ हजार नाफा गर्न सफल भएको छ। ५ वटा व्यवसाय सञ्चालन गर्दै आएको कोशी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत एनएमसीको जम्मा सम्पत्ति १४ अरब ४३ करोड ७९ लाख रहेको उल्लेख छ।

साधरणसभाले आगामी मंसिर १५ गते बिर्तामोडमा सम्पन्न हुने अन्तिम माइन्युट प्रमाणिकरण सभाका लागि प्रतिनिधि समेत छनौट गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, वडा सदस्य पृथ्वी बस्नेत, सामाजिक व्यक्तित्व प्रेमबहादुर पौडेल, ओमबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए। सैनिबजार सेवाकेन्द्र अन्तरगत भौगोलिक एकाइ उपसमितिलाई सम्मान गरिएको कार्यक्रममा वडा सदस्य धनमाया श्रेष्ठ, दीपिका सिवा, विशाल कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोषकुमार राई, सिद्धार्थ शिशुसदन अंग्रेजी विद्यालयका प्रधानाध्यापक धर्मराज माझी, संस्थाको बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य शिक्षासेवी मनु मुखिया, खेलकूद उपसमिति सदस्य गंगाप्रसाद मैनाली, शिक्षासेवी भोलानाथ पौड्याललगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

झापा, १६ कार्तिक झापा। आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण...
लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...