Skip to main content

ओरेन्ज समाचार

नेपाल संबत ११४५ को अवसरमा नेवा:देय दबू बिर्तामोड नगर समितको एक दिवशीय मोटरसाईकल रयाली कार्यक्रम सम्पन्न । 

Advertisement

१७ कात्तिक,बिर्तामोड

नेवा:देय दबू बिर्तामोड नगर समितिले नेपाल संबत ११४५ को अवसरमा एक दिवशीय मोटरसाईकल रयाली आयोजना गरि उक्त रयाली सम्पन्न गरेको छ। नेपाल संबतका पर्बतक शंखधर शाखवाको तस्बिर सहित गाडी र मोटरसाईकलमा रयालीले बिर्तामोड नगरपालिकाको दशवटै वडा परिक्रमा गरेको हो।

बिर्तामोडको कुशल होटलमा भेला भै बिर्तामोड,बुट्टाबारी,गरामनी, देउनिया,लखीबारी,सैनिक बजार,पत्थरभिट्टा भिमसेन मन्दिर चकचकी,बिर्ताबजार हुदै पून बिर्तामोड मूक्तिचोक पुगेर रयाली समापन गरिएको हो भने यस बिचमा पर्ने बिर्तामोड-९ लखीबारीको भिमसेन मन्दिरमा बक्ताहरुले शुभकामना दिनुको साथै त्यस मन्दिरका पुजारी जेष्ठय नागरिक पदम श्रेष्ठलाई नगद प्रदान सहित फूलमाला लगाई दिएर नेवाःदेय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठले सम्मान जनाएका हुन्। सोही क्रममा बक्ताहरु अध्यक्ष छत्र बहादुर श्रेष्ठ, प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष रत्न कुमार श्रेष्ठ,नगर सल्लाहाकार यज्ञराज श्रेष्ठले शुभकामना मन्तब्य राखेका हुन्।

प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष छत्र बहादूर श्रेष्ठको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा बिर्तामोड वडा ५ का निवर्तमान वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, नेवा देय दबु झापा जिल्ला बरिष्ठ उपाध्यक्ष तिलरूपा श्रेष्ठ,नगर सचिव जीवन श्रेष्ठ ,कोषाध्यक्ष मनकुमारी प्रधान, बिर्तामोड दशवटै वडाका प्रतिनिधी आदिबासी जनजाति महासंघ बिर्तामोड नगरका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र चौधरी,सहसचिव लीला गुरुङ्ग लगायतको उपस्थिती रहेको हो।

मूक्तिचोकमा भएको समापन कार्यक्रममा नेपाल संबत प्रति सरकारको द्वैध चरित्र रहेको साथै सम्पूर्ण नेपालीको नेपाल संबत हो यसलाई हामीले मान्य गर्नु पर्छ जबकि भारतमा समेत आफ्नै इस्वी सम्बत छ भने नेपालले आफ्नो नेपाल संबत संबिधान बोमजिम लागु किन नर्गने भनि प्रमुख अतिथि इन्द्र बहादुर श्रेष्ठले सरकारलाई प्रश्न गर्नु भयो  त्यस्तै अध्यक्ष छत्र  बहादुर श्रेष्ठले सभ्य शैलीमा सबैजना उपस्थित भएर नेपाल संवत ११४५ को रयालीलाई सफल बनाउने सम्पूर्णमा धन्यबाद ज्ञापन गरे साथै न्यूदया भिन्तुना अथवा नयाँ सालको शुभकामना प्रदान गरे भने कार्यक्रमको संचालन नगरसचिव जीवन श्रेष्ठले  गरेका हुन्। नेवारी समूदायले सगुन स्वरूप अण्डा,वासा,बजी,सिद्रा र भट्मास सगुन स्वरूप बाढिएको कार्यक्रममा लाखेबाजा समेत बजाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...