Skip to main content

ओरेन्ज समाचार

बाह्र्दशी ४ को श्री काली पुजा धार्मिक मेला उद्घाटन

Advertisement

झापाको बाह्रदशी गा.पा. वडा-४ स्थित चकचकी बजारमा आज देखि कार्तिक २२ गते सम्म आयोजना हुने श्री काली पुजा धार्मिक मेलाको उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रह्नु भएका बाह्रदशी गा. पा.अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले आज एक कार्यक्रमका बिच ब्यानर पढेर मेलाको उद्घाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बाह्रदशी गा.पा.वडा न ४ का वडा अध्यक्ष मह्ताब आलम, बाह्रद्शी गा.पा. की उपाध्यक्ष सान्ता खरेल, समाजसेबी दयानन्द गोश्वामी,भगिरत पोद्दार,पुर्व वडा अध्यक्ष समिम मिया, टेक प्रसाद आचार्य लगायत रह्नु भएको थियो।कार्यक्रममा बोल्दै गा.पा.अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले मेलालाइ भब्य र सब्य रुपमा सम्पन्न गर्न सुरक्षा निकाय लगायत मेला आयोजक र सम्पुर्ण मेला प्रेमि महानुभावहरुलाइ अनुरोध समेत गर्नु भएको छ।त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि रह्नु भएका बाह्रदशी- ४ का वडा अध्यक्ष महताबले यो धार्मिक मेला एतिहासिक भएको हुनाले यसको मह्तो बुझेर बर्षेनी रुपमा आयोजना गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो। सात दिन सम्म संचालन हुने धार्मिक मेलामा रोटे पिङ, नाउँ ,ड्रागन,मौतका कुवा साथमा बालबालिका लक्ष्यित खेलहरु मेलाको आकर्षणको रुपमा रहने छ भने मेलाको मुख्य आकर्षणको रुपमा ३ दिन धार्मिक नाच प्रस्तुत गरिने मेला आयोजक समितिले जनाएको छ। मेला आयोजक समितिका अध्यक्ष कमल गणेशको अध्यक्षामा सम्पन्न उद्घाटन सत्र कार्यक्रमको संचालन मेला आयोजक समितिका सचिब फडिन्द्र कटवालले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...