Skip to main content

ओरेन्ज समाचार

कि या चु माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न ।

Advertisement

इलाम, बैशाख १२

किरात याक्थुम चुम्लुङ माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ।

किराँत याक्थुम चुम्लुङ केन्द्रीय सदस्य डाक्टर मधुराज केरुङको प्रमुख आतिथ्यता र किराँत याक्थुम चुम्लुङ माईनगर समितिका अध्यक्ष टुपेन्द्र येक्तेनको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रमको साथमा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सुखानी पार्कमा बैशाख १२ गते शनिबारको दिन सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अतिथिहरूमा सरस्वती तुम्बाम्पे, कृष्ण थेवे, तीर्थ साउदेन, एन्जेस याक्तेन, दीपक कुमार थेबे, आइन्द्रविक्रम शेर्मा, भीममाया नेम्बाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने समितिका सचिव शेरबहादुर थेगिम र पूर्व जिल्ला सदस्य कृष्ण यक्तेनले कार्यक्रम सञ्चालन गर्नु भएको र समितिका उपाध्यक्ष किसान चोङबाङले स्वागत मन्तव्य राख्नु भएको थियो।

औपचारिक कार्यक्रमको समयमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने खानपिन पश्चात लिम्बु समुदायमा लोकप्रिय पालमको मिठो संगीत सँगै हर्ष उल्लासका साथ मनोरञ्जन गरिएको थियो। जातीय पोशाकमा सजिएर उपस्थित व्यक्तिहरूले धान नाचको रमझम पश्चात् कार्यक्रमको समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...