Skip to main content

ओरेन्ज समाचार

मंसिर १ गते बाट बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव सुरु हुने

Advertisement

२९ कात्तिक,बिर्तामोड

नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड र कोशी प्रदेश चलचित्रकर्मी संघको आयोजनामा बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव २०८१ हुने भएको छ । आगामी मंसिर एक गते देखि मंसिर पन्ध्र गते सम्म महोत्सव आयोजना हुने साथै बाईसवटा स्टल मार्फत स्थानिय उत्पादनका सामाग्री   लगायतका व्यापारिक स्टल रहने, महोत्सव अवधिमा राष्ट्रिय स्तरका कलाकारहरु पूर्ण राई,कमल खत्री, शांतीश्री परियार,ज्योति मगर,समिक्षा अधिकारी,राजेश पायल राई,एलिना चौहान,ताराप्रकाश लिम्बु,जितु लोक्ताम लगायतको सांगितिक प्रस्तुतिले मनोरन्जन गराईने साथे तामाङ्ग संस्कृति झाँकी प्रदर्शन गरिने आयोजक तामाङ्ग घेदुङ्ग बिर्तामोड नगरका नगर अध्यक्ष बिजय तामाङ्गले जानकारी गराए।

महोत्सवमा चलचित्र पर्दशनी,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम,चलचित्र कार्यशाला,चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम,नेपाल भारतका चलचित्रकर्मीहरु बिच अन्तरसंबाद कार्यक्रम,रमाईलो मेला साथै ब्यब्यासयिक स्टलहरु रहने जनाईएको छ भने महोत्सव बिर्तामोडको धर्मकाँटारोडमा हुने भएको हो।

त्यस्तै कोशी प्रदेश चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङ्गले महोत्सव उद्घाटन कार्यक्रममा कोशी प्रदेश मुख्यमंत्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहने,चलचित्रकर्मीहरुलाई सम्मान गरिने,नेपाल र भारतको चलचित्रका कलाकारहरुसंग अन्तरसंबाद गरिने,सिक्किम सरकारको सांस्कृतिक टिमको उपस्थिति रहने र सांस्कृतिक आदान प्रदान गरिने, महोत्सव अवधिमा मंसिर तीन गते देखि नौ गतेसम्म सातवटा चलचित्र क्रमशः नालापानी,वानर सेना,माङ्गेना,लिलामे माईला,बिए पास,चार दाम र कृष्ण लिला पर्दशन गरिने साथै पचास देखि साठी लाख रुपैयाको कारोबार हुने र पाँचलाख दर्शकलाई अवलोकन गराईने बताए।

बिर्तामोडलाई पर्यटन नगरी बनाउन, स्थानिय ब्यापार ब्यबसायलाई बिकाश गर्न,बिर्तामोडका बासिन्दालाई स्थानिय क्षेत्रबाटै उपभोग्य सामाग्री पाईन्छ भन्ने जानकारी दिन,स्थानिय उत्पादनको पर्बद्धन गर्न,धार्मिक तथा सांस्कृतिक समन्वय गर्न,साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न, प्रतिभाहरुको पहिचान गरि पेशागत क्षमता बृद्धि गर्न महोत्सवको ‘ आयोजना गरिएको नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड नगर सचिव गणेश तामाङ्गले जानकारी गराए।

पत्रकार सम्मेलनमा तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर उपाध्यक्ष तारा तामाङ्ग,कोषाध्यक्ष समिक्षा तामाङ्ग, सहसचिव चरिमाया तामाङ्ग लगायतको उपस्थिती रहेको हो भने सहयोगीहरुमा नेपाल चलचित्रकर्मी संघ,पर्यटन बोर्ड साथै आन्तरिक मामिला मन्त्रालय कोशी प्रदेश रहेको र ब्यबस्थापकमा कन्काई फन वर्ल्ड रहेको जनाईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...