बिर्तामोड, १४ फागुन बिर्तामोड नगरपालिका कृषि विकास शाखाले एक कार्यक्रम गरी कृषक महासंघ, कृषि शाखा र कृषक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।आज फागुन १४ गते विर्तामोड नगर को सभाहलमा भएको कार्यक्रम मा राष्ट्रिय कृषक समूह महासंघ को केन्द्रीय अध्यक्ष पंच काजी श्रेष्ठ, उपाध्यक्ष गणेश पोखरेल, महासंघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल, उपाध्यक्ष प्रेम पौडयाल महासंघ झापा जिल्ला अध्यक्ष रामलाल उप्रेती सथै कन्काई नगर पालिका कृषि अधिकृत यदुनाथ उप्रेती लगायत बिर्तामोड नगर को अग्रज किसान हरू को उपस्थिती रहेको कार्यक्रम लाई बिर्तामोड नगर कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीय ले बिर्तामोड नगर ले गरेको कृषि गतिविधि र सन्चालन रहको तरकारी…
बिर्तामोड, ८ फागुन जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्मव बिर्तामोड-१० सैनिक बजारको आज एक कार्यक्रम गरेर भब्य उद्घाटन गरिएको छ। बिर्तामोड नगरपालिका वडा न.१० सैनिक बजारको उत्तर वडा कार्यलय नजिकै महोत्सव स्थलमा आज सो महोत्सवको उद्घाटन गरिएको हो। बिभिन्न क्षेत्रका व्याक्तिहरुको उपस्थितीले उद्घाटनलाई भव्य बनाएको छ। यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्को वर्ष २०७६ मा दोस्रो सैनिक महोत्सव आयोजना गरिएको हो भने दोश्रो महोत्सव कोरोना संक्रमणका कारण त्यस बेला रोकिएको सैनिक महोत्सवलाई यस वर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भूतपूर्व सैनिकहरुको थलो,बहुसंख्यक जातजातिको बसोबासस्थल , खेलाडीको उर्वरभूमि , महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर…
पाँचथर सुभाङ झापा एकता समाज को प्रथम बनभोज तथा पुनर्नमिलन कार्यक्रम फागुन ७ गते सालबारीको झीलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका अध्यक्ष ओमभक्त सेडाई को सभापतित्व र १०२ बर्षीय जेष्ठ सदस्य पूर्ण बहादुर श्रेष्ठ को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सुभाङमा जन्मेर झापा बसोवास गर्नेहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। सोही कार्यक्रम मा जेष्ठ नागरिक १०२ बर्ष का पूर्ण बहादुर श्रेष्ठ र ८८ बर्ष का जिब नाथ खनाल लाई दोसल्ला र नगद ले सम्मान गरिएको थियो भने समाजसेवी व्यवसायी सरोज सिटौला र डिल्लीराम खनाल लाई सम्मान पत्र ले सम्मान गरिएको थियो । कार्यक्रम लाई समाज को सदस्य पुष्प राज खनाल…
७ फागुन, झापा बज्र इभेन्टसद्वारा आयोजित . बज्र इन्टरनेशनल चारआली जोन एण्ड द लोकल शो म्यूजिक फेस्ट २०८१ झापाको चारआलीमा आगामी फागून ९ गते शुक्रबार भव्य रूपमा संचालन हुने भएको छ। उक्त कुरा आयोजकका तर्फबाट आज कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो। नेपालको टिकेटिङ्ग पार्टनर खल्ती र भारतको टिकेटिङ्ग पार्टनार सजिलो इभेन्टस रहेको उक्त कार्यक्रमको आजसम्म अढतिस सयवटा टिकट बिक्रि भैसकेको । जनाईएको हो। जसको प्रोडक्सन टिम ग्याङ्ग स्पेश बिर्तामोड, साउण्ड सिस्टम इण्डियन बंगाल साउण्ड सिस्टम, कार्यक्रम होष्ट पूर्व मिस नेपाल माल्भिका सुब्बा, कन्टेन्ट क्रियेटर लिला भण्डारी, टाईटल स्पोन्सर ब्रिज इन्टरनेशनल बिर्तामोड,हस्पिटालिटी पार्टनर होटल मेची काउन, बेभरेज…
बिर्तामोड-१० वडा कार्यलयको आयोजनामा वडाको सैनिक बजारमा जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्सव-२०८१ आगामी फागुन ८ गते बाट १८ गते सम्म आयोजना हुने भएको छ। उक्त विषय आज एक पत्रकार सम्मेलनको आयोजना गरि सञ्चारकर्मीहरुलाई जानकारी गराईएको हो। यस बारेमा थप जानकारी गराउदै बिर्तामोड-१० को वडा कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका वडा अध्यक्ष दुर्योधन गुरुङ्गले प्रष्ट पार्दै महोत्सव सफल पार्न गठित समितिहरुलाई आवश्यक निर्देशन समेत दिए। उनले भने बिर्तामोड नगरको वडा न.-१० बिबिध जातिको बसोबास रहेको वडा हो यहाँ लोपोन्मुख दराई जाति सम्मको बसोबास रहेको छ । तिनै बिबिध जनजातिहरुको भेषभूषा संस्कृति सहितको महोत्सवले बिर्तामोड-१० को पहिचान झल्काउने एतिहासिक, सांस्कृतिक महत्वका…
नेवा देय दबू बिर्तामोड नगर समितिको नव गठित समितिलाई पद हस्तान्तर सगै बनभोज कार्यक्रम सम्पन्न भएको छ । फागुन ३ गते कन्काई नगर को भुरुङगा मा समितिको आयोजनामा भएको बनभोज कार्यक्रममा औपचारिक कार्यक्रम गरि पद हस्तान्तर तथा सम्मानको कार्यक्रम गरेको हो । कार्यक्रम को प्रमुख अतिथि नेवा देय दबू कोशी प्रदेश सल्लाहकार इन्द्र बहादुर श्रेष्ठ अतिथिहरू बिरता लेडी जेशीश अध्यक्ष निशा शाक्य, कृष्ण उदास, गणेश शाक्य, तिलरूपा श्रेष्ठ लगायत को उपस्थिति रहेको कार्यक्रम मा पुर्व नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठ ले नव अध्यक्ष टेक वहादुर श्रेष्ठ को समितिलाई पद हस्तान्तर गर्नु भयो । सोही कार्यक्रम मा बिरता लेडी जेशीश की…
बिर्तामोड, ३ फाल्गुन तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति झापा तथा तमुस्यो हयुल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति झापाको संयुक्त आयोजनामा परिषदको चौथो झापा जिल्ला अधिबेशन आज झापा बिर्तामोडको सिटि सेन्टरमा सम्पन्न भएको छ। अधिबेशनले जगत गुरुङको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालको लागि सत्र सदस्यीय कार्य समिति चयन गरेको हो। जसको उपाध्यक्षमा उदय गुरुङ, महासचिव राम प्रसाद गुरुङ, संगठन सचिव भागिमान गुरुङ, प्रचार सचिव अम्बर बहादुर गुरुङ, कोषाध्यक्ष रतन बहादुर गुरुङ, सह कोषाध्यक्ष सल बहादुर गुरुङ, सदस्यहरु हरि गुरुङ, कविता घले गुरुङ, विर्ख बहादुर गुरुङ ,गणेश गुरुङ , मान बहादुर गुरुङ, जिवन कुमार गुरुङ ,शंखर गुरुङ, नविना…
बिर्तामोड, ३ फल्गुन बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेवा: पासा मुना पुच: बिर्तामोडको अध्यक्ष दिनेश श्रेष्ठ को सभापतित्वमा बिर्तामोडको ननस्टप महल अगाडि विभिन्न सांस्कृतिक झाकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथ एक दिने फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु जलकुमार गुरुङ, गोमा भट्टराई, मेघराज वास्तोला, प्रकाश बिष्ठ, गणेश पौडेल, मदन बुडाथोकी, राहुल शर्मा, एघराज गिरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न नेवारी परिकारहरुको स्टलहरु राखिएको थियो । कार्यक्रममा विभिन्न स्थानहरुबाट उपस्थिति जनाएका नेवारी भेष भुषामा सजिएर कलाकारहरुले रोचक प्रस्तुती दिएका थिए भने विभिन्न नेवारी संस्थाहरुले आ आफ्नो ब्यानरको साथमा नेवारी परम्परागत परिकारहरुको प्रदर्शनी र…
युमा मुक्कुमलु मेरो बोजू मेरो युमा आज रोइरहेकी छिन् फिरङ्गीहरु आएर सेतै फुलेको केश जगल्टाइरहेका छन् शिरको शिरफूल कानको चेप्टेसुन,नाकको ढुङ्ग्री,बुलाकी गलाको कन्ठहार र रेजीको हार लुट्न राल काढिरहेका छन् अहिलेसम्म त बुढेसकालको लौराले सकिनसकी आत्मरक्षा गरिरहेकी छिन् तर फिरङ्गीहरु लपलपइरहेको जिब्रो र हिंस्रक दाह्रा र नङ्ग्राले कोपर्न लुछ्न साम,दाम,दण्ड र भेद उपयोग गरेर आइरहेका छन् । "ए मेरा सन्तानहरू हो मलाई बचाओ बचाओ!!!" भन्दै गुहार मागिरहेकी छिन् केही सन्तानहरु फिरङ्गीको जालमा फँसेर विवेकसुन्य बनेका छन् केही सन्तानहरु आफ्नी बोजूलाई बचाउन आउँदै छन् तर आफ्नै विवेकसुन्य सन्तानहरु छेकिरहेका छन् यो दृश्य देखेर मेरी बोजू बलिन्द्रधारा आँसु खसालेर रोइरहेकी छिन् मुक्कुमलुङमा…
बिर्तामोड । नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोड-३स्थित संस्थाको सैनिकमोड सेवाकेन्द्र अन्तरगत उपस्थित सम्पूर्ण सेयर सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकमोड सेवाकेन्द्रगत उपसमिति संयोजक देवीप्रसाद दाहालले अौचित्यसहित स्वागत गरेका थिए। कार्यक्रममा संस्थाका प्रशिक्षक तथा सञ्चारकर्मी रत्नबहादुर बस्नेतले प्रशिक्षण प्रदान गरेका थिए।उनले सहकारीको अर्थ र उद्देश्य , सहकारी अभियानमा एनएमसी, एनएमसीको सदस्य किन बन्ने? सहकारीको सफलतामा सदस्यको भूमिका, सदस्य बन्नु अघि तथा सदस्य बनेपछि ध्यान दिनुपर्ने कुरा, सेवा सुविधा, उद्यमशीलतालगायत विषयमा जानकारी गराएका थिए। त्यस्तै सैनिकमोड सेवाकेन्द्र प्रमुख गीता खड्काले संस्थाको परिचय, वित्तीय झलक, एनएमसीद्वारा सञ्चालित बहुव्यवसाय र तिनको वर्तमान अवस्थालगायत विषयमा…