Skip to main content

ओरेन्ज समाचार

कोशी नाम खारेजीको माग सहित बिरोध र्याली प्रदर्शन ।

Advertisement

बिर्तामोड, १७ फागुन
प्रदेश न. १ कोशी नाम खारेजीको माग सहित बिर्तामोडमा बिरोध र्याली प्रदर्शन र कोट सभा सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङ्कन  संयुक्त संघर्ष समितिको आयोजनामा बिरोध र्यालीका संयोजक पाण्डवलाल चौधरीले सभाको अध्यक्षता ग्रहण गरेका थिए भने विभिन्न संघ, संस्था, पार्टी र संगठनहरु बाट प्रतिनिधीको उपस्थिति थियो । विरोधसभामा पहिचानवादी नेता तथा निवर्तमान संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई , जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, राजवंशी महिला समाज विकास समिति अध्यक्ष सनम राजवंशी, मुकुम्लुङ संरक्षण तथा केवलकार संघर्ष समितिका झापा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, चुलाचुली गाउँपालिका १ का वडाध्यक्ष ध्रुव लावती लगायत व्यक्तिहरु उपस्थित थोए । २ बर्ष अघि फागुन १७ गते प्रदेश न. १ को नाम कोशी राखिएकोले यसदिनलाई कालो  दिनको रुपमा सम्झदै बिरोध कार्यक्रम राखिएको सभाका अध्यक्ष पण्डवलाल चौधरीले जनाउनु भयो ।
बिर्तामोडको सिटि सेन्टरबाट सुरु भएको र्याली मुक्ती चोकको परिक्रम गरी कोट सभा पछि समापन गरिएको औपचारिक कार्यक्रम सेसेहाङ फियाकले संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...