Skip to main content

ओरेन्ज समाचार

तेस्रो ऐतिहासिक सैनिक महोत्सव उद्घाटन कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, ८ फागुन

जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्मव  बिर्तामोड-१० सैनिक बजारको आज एक कार्यक्रम गरेर भब्य उद्घाटन गरिएको छ। बिर्तामोड नगरपालिका वडा न.१० सैनिक बजारको उत्तर वडा कार्यलय नजिकै महोत्सव स्थलमा आज सो महोत्सवको उद्घाटन गरिएको हो। बिभिन्न क्षेत्रका व्याक्तिहरुको उपस्थितीले उद्घाटनलाई भव्य बनाएको छ।

 

यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्को वर्ष २०७६ मा दोस्रो सैनिक महोत्सव आयोजना गरिएको हो भने दोश्रो महोत्सव कोरोना संक्रमणका कारण त्यस बेला रोकिएको सैनिक महोत्सवलाई यस वर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भूतपूर्व सैनिकहरुको थलो,बहुसंख्यक जातजातिको बसोबासस्थल , खेलाडीको उर्वरभूमि , महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर भएको ठाउँ सैनिक बजारको चिनारीलाई उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी बताए ।

महोत्सवलाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर साथै ब्यानर बाचन गरेर उद्घाटन गरिन् । वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,राजवंशी समाज विकास समितिका रुपेश राजवंशी,शिक्षक सावित्री गुरुङ लगायतले महोत्सव सफलताको शुभकामना दिएका हुन् । कार्यक्रममा बिर्तामोड– ४ का वडाध्यक्ष राहुल शर्मा,६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, मेला आयोजक समितिका संयोजक सन्तोष गुरुङ,बिर्तामोड-१० बिभिन्न टोल बिकाश संस्थाका अध्यक्ष साथै प्रतिनिधि, बिष्णु भगवती बोर्डिङ्ग स्कूल बिराटपोखरका संस्थापक प्रिन्सिपल पूण्य प्रसाद उप्रेती, लगायतको उपस्थिति रहेको हो । खिलेश्वरी पाण्डेले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी लीला अनमोलले गरेकी हुन् ।महोत्सव उद्घाटनअघि विभिन्न जातजातिको झाँकीले सैनिकबजार परिक्रमा गरेको हो ।

महोत्सव आजबाट शुरु भएर फागुन अठार गते सम्म संचालन हुने साथै महोत्सव स्थल करिव डेढ बिगाहा क्षेत्रफलमा फैलिएको र बिभिन्न परिकार तथा खेल रोटेपिङ्ग, ड्रायगन,मिकि माउस,स्कारपियो जम्पिङ्ग लगायतका सामाग्री रहने र प्रत्येक सॉझ स्थानिय कलाकारको साथमा राष्ट्रिय स्तरका कलाकारहरू कमल खत्री प्रीती आले मेलिना राई राजनराज शिवाकाेटी रचना रिमाल टीका प्रसाईं राजेशपायल राईको सांगितिक प्रश्तुति रहने जनाईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...