ओरेन्ज समाचार

सैनिक महोत्सव २०८१ उद्घाटन फाल्गुन ८ गते हुने तयारी तिब्र

Advertisement

बिर्तामोड-१० वडा कार्यलयको आयोजनामा वडाको सैनिक बजारमा जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्सव-२०८१ आगामी फागुन ८ गते बाट १८ गते सम्म आयोजना हुने भएको छ। उक्त विषय आज एक पत्रकार सम्मेलनको आयोजना गरि सञ्चारकर्मीहरुलाई जानकारी गराईएको हो।

यस बारेमा थप जानकारी गराउदै बिर्तामोड-१० को वडा कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका वडा अध्यक्ष दुर्योधन गुरुङ्गले प्रष्ट पार्दै महोत्सव सफल पार्न गठित समितिहरुलाई आवश्यक निर्देशन समेत दिए। उनले भने बिर्तामोड नगरको वडा न.-१० बिबिध जातिको बसोबास रहेको वडा हो यहाँ लोपोन्मुख दराई जाति सम्मको बसोबास रहेको छ । तिनै बिबिध जनजातिहरुको भेषभूषा संस्कृति सहितको महोत्सवले बिर्तामोड-१० को पहिचान झल्काउने एतिहासिक, सांस्कृतिक महत्वका विषयलाई थप पर्बद्धन गर्नको लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । महोत्सव अवधिभर रात्री कालीन समय ९ः०० बजे सम्म प्रत्येक दिन कुनै न कुनै राष्ट्रिय कलाकार हरुको साथमा महोत्सव आयोजना हुनेछ। महोत्सव सफल पार्न यस अघि नै स्थानिय सन्तोष गुरुङ्गको अध्यक्षातामा १३ सदस्यीय मूल आयोजक कमिटी समेत गठन गरिएको जानकारी गराईएको हो।

त्यस्तै मूल आयोजक कमिटिका सचिव खुवराई भट्टराईका अनुसार यस अघि २०७५ मा प्रथम र,२०७६ सालमा दोश्रो एतिहासिक महोत्सव सफलता पूर्वक संचालन भैसकेको अवस्थामा तेश्रो एतिहासिक महोत्सव सफल पार्न सम्पूर्ण महानुभावहरुलाई पत्रकार सम्मेलन मार्फत जानकारी गराए। महोत्सव स्थलमा प्रवेश गर्नलाई रु.१०० दखि १५० सम्म प्रवेश शुल्क लिइने,दर्शकको मनोरन्जनको लागि प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुले साँझ मनोरन्जन दिने,महोत्सव ब्यबस्थापनको लागि वडा कार्यलयबाट रु.चारलाख सहयोग गर्ने प्रतिबद्धता भएको,स्थानियहरुको सहभागिता गराउन प्रत्येक दिन महोत्सव स्थलमा प्रतियोगितात्मक डोरी तान्ने, म्यूजिकल चेयर,हण्डी फुटाई,चम्चा दौड,पिठोबाट पैसा टिप्ने जस्ता खेलहरुको आयोजना गरिने,बिभिन्न ठाँउमा चारवटा आकर्षक प्रवेशद्वार निर्माण गरिने जसमध्ये एक वटा गेट वेल्स मोडल स्कूलले निर्माण गर्न प्रायोजन गर्ने,उद्घाटनको अवसरमा बृहत रयाली गरिने, महोत्सवमा छिमेकी वडा ९-८-२-३-४ लगायत बारहदशी,हल्दीबारी, गोल्घाप, राजगढका स्थानियले महोत्सवबाट मनोरन्जन र फाईदा लिन सक्ने साथै महोत्सबको भित्रि ब्यबस्थापन स्थानिय बिन्दु गुरुङ्गलाई जिम्मा दिइएको,बिन्दु गुरुङ्गको तर्फबाट डेढ लाख आयोजक कमिटीले लिने तथा महोत्सवमा ३०-४० वटा ब्यापारिक स्टल रहने, न्यूनतम पार्किङ्ग शुल्क लिइने लगायतका विषय प्रष्ट पारे।

महोत्सवलाई सफल पार्न यातायात व्यवस्थापन तर्फ बिमल राईको संयोजन,अतिथि सत्कारतर्फ तारा अपगाई,भेषभूषा झाँकी ब्यवस्थापन तर्फ साबित्रि राजबंशी,टेन्ट ब्यबस्थापन तथा गेट निर्माण तर्फ देबेन्द्र दर्नाल,जलपान तर्फ बिमन प्रसाद राई,प्रचार प्रसार तर्फ खड्ग बहादुर गुरुङ्ग,स्वयंसेवक परिचालन तर्फ भोलानाथ पाण्डेको संयोजकत्वमा उप समितिहरु गठन गरिएको जानकारी गराईएको हो भने महोत्सव उद्घाटन केन्द्रीय स्तरका मन्त्रीबाट हुने समेत जानकारी गराईएको हो।

पत्रकार सम्मेलन वडा अध्यक्ष गुरुङ्गको अध्यक्षतामा भएको हो भने उक्त अवसरमा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रिय सदस्य याम कुमार श्रेष्ठ,राप्रपा जिल्ला सदस्य जगत राज बस्नेत,समाजसेवी कृष्ण बिमली,नेपाली कांग्रेस झापा सचिव नबिन बिमली,वेल्स मोडेल स्कूलका प्रिन्सिपल तारा प्रसाई लगायतले महोत्सव सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरे भने सो अवसरमा बिर्तामोड-१० वडा सदस्य धनमाया श्रेष्ठ,पूर्व वडा सदस्य भक्त बहादुर राजबंशी,नेकपा एमाले सदस्य रिमान ध्वज लोक्ताम, इन्जिनियर बिजय राई,सैनिक बजार टोल बिकाश संस्थाका अध्यक्ष कबिता घले लगायतको उपस्थिती रहेको हो। शहिद प्रति मौनधारण र राष्ट्रिय गान समेत प्रश्तुत गरिएको कार्यक्रमको संचालन बिर्तामोड-१० वडा सदस्य दिपिका सिवाले गरेकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

बिर्तामोड, ४ बैशाख  तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्...
राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...