बिर्तामोड, १० चैत बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभपतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता यहि चैत २४ गते देखि हुने कुरा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । जेष्ठ नागरिक भवनमा संचालन गरिएको औपचारिक कार्यक्रममा बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बहदुर बस्नेत, निवर्तमान वडा सदस्यहरु अर्जुन सिटौला, गिता पोख्रेल, भक्तसिंह राजबंशी र बिर्तामोड वडा १० का टोल अध्यक्षहरुको उपस्थिती थियो । पत्रकार सम्मेलनमा अथितिलाई स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङ राख्नु भएको थियो भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गर्नु भएको थियो ।
बिर्तामोड, ९ चैत विराटपोखरी (सरोवर बहुद्देश्य) विकास समितिका अध्यक्ष इन्द्र प्रसाईको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख अथित्यतामा आठौं साधारण सभा सम्पन्न भएको हो । चैत ९ गते सम्पन्न भएको औपचारिक कार्यक्रममा मोहन उप्रेती, मन प्रसाद उप्रेती, कृष्णा प्रसाईं, धुर्व सिवाकोटी, देवेन्द्र गौत्तम लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । आर्थिक बर्ष २०८१/८२ को जम्मा आय रु ११,७८,४८०/- रहेको छ भने जम्मा खर्च १०,०३,५५७/- रहेको छ । वचत जम्मा रु १,७४,९२३/- रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकमा जम्मा रु २६,४८४/- रहेको छ ।राष्ट्रिय चुरे तराई संरक्षण समितिबाट बिनियोजित रकम रु. १८,००,०००/- रहेको छ भने…
बिर्तामोड, ८ चैत नेपाल यातायात स्वातन्त्र मजदुर संगठन साना मझौला इकाई कमिटी अध्यक्ष सागर खानको सभापतित्व र ट्रेड युनियन महासंघ जिफण्ट केन्द्रिय सदस्य सन्त कुमार राईको प्रमुख आथित्यतामा स्वास्थ शिविर सम्पन्न भएको छ । बिर्ता आइ कियर हस्पिटलको सहयोगमा जिल्ला ट्रफिक कार्यालय अगाडि संचालन भएको २ दिने शिविर कार्यक्रममा ६०५ जनाले स्वस्थ परिक्षण गराएका थिए । कार्यक्रममा नेपाल यातायात स्वातन्त्र मजदुर संगठन केन्द्रिय कमिटी उपमहा सचीब देबि प्रसाद भट्टराई, इलाका प्रहरी कार्यलय बिर्तामोड प्रमुख प्रकाश बिस्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल, बिर्ता जेसिज, छठ युवा समाज लगायत विभिन्न सामाजिक संघ संगठनकको उल्लेख्य उपस्थिति रहेको उक्त समापन कार्यक्रममा स्वगगत एभरेष्ट…
बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवाको प्रमुख आथित्यता र झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्वमा १० दिवशिय गमनशिलता तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड ६ वडा कार्यालय भवनमा औपचारिक कार्यक्रममा वडा सदस्यहरु जीवन बाँस्कोटा, गिता शर्मा रेघमी, खेम अधिकारी साथै वडा सचिव रुकमान थलङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । समापन कार्यक्रममा नेत्रहिन प्रशिक्षार्थीहरुलाई सेतो छ्डी र प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रम संचालन समितिका सचिव दिल राजबंशीले गर्नु भएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अथिती सुर्य प्रकाश कन्दङवाले नेत्रहिन संघलाई आउदो दिन हरुमा फेरि पनि सहयोग आवश्यक परे सहयोग गर्ने…
बिर्तामोड, २७ फागुन झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व र बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख आथित्यतामा १० दिने गमनशिलता तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दृष्टि सम्बन्धी अपाङगता व्यक्तिहरुको आवागमनमा सहजता पुर्याउने उद्देश्यले यस संघको आयोजना र वडा न. ६ कार्यालयको आर्थिक सहयोगमा संचालित उद्घाटन कार्यक्रममा बिर्तामोड वडा न. ६ का जनप्रतिनीधी सदस्य जीवन बास्कोटा, प्रशिक्षक भोला मिश्र लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेत्रहिनहरुको कार्यहरुलाई सहज बनाउन यस प्रशिक्षणले सहयोग गर्ने समितिका अध्यक्ष होमनाथ राजबंशीले बताउनु भयो । झापाका विभिन्न स्थानहरुमा सेतो छडीको साथमा प्रशिक्षकले नेत्रहिनहरुलाई हिनडुल गर्न र दैनिकी काममा सहज पुर्याउन तालिम…
बिर्तामोड, २३ फागुन हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिर्तामोड शाखाले आयोजना गरेको मल्टी एजुकेशनल फेयर २०२५ बिर्तामोड वडा ५ शनिसरे रोडमा रहेको आफ्नै कार्यलयमा सम्पन्न गरेको छ । हब को सिइओ सरिता खड्काको उपस्थितिमा बिद्यार्थीहरुलाई विभिन्न बिषयको जान्कारी दिदै सुमना महत, दिपेन्द्र बुढाथोकी, पवन घिमिरे, शुल्क्षना रोका मगर र अनिशा दाहाल लगायत काउन्सिलरहरुले विदेश पढ्न जादा आउने समस्या र त्यसको लागि गर्नु पर्ने तयारी बारे जानकारी दिनु भएको थियो । एजुकेशन फेयरमा सहभागी हुने विद्यार्थीहरुको लक्की ड्र गरिएको थियो जसमध्ये ३ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।
बिर्तामोड, २४ फागुन नमुना टोल विकास संस्थाका अध्यक्ष गृवराज कन्दङवाको सभापतित्व र बिर्तामोड १० का जनप्रतिनिधि सदस्य पृथ्वी बहादुर बस्नेतको प्रमुख आथित्यतामा विभिन्न सांस्कृतिक नृत्यको साथमा संस्थाका कलाकार तथा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु मिना गुरुङ, चाम बहादुर जबेगु, छ्त्र बहादुर गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीराम तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह सचिव बबि गुरुङ राईले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीले कार्यक्रम रोचक र आकर्षक बनाएको थियो ।
बिर्तामोड, १९ फागुन फागुन ८ गते उद्घाटन भएको तेस्रो ऐतिहासिक सैनिक महोत्सव २०८१ फागुन १९ गते मेला समितिका अध्यक्ष सन्तोष गुरुङको सभापतित्व र समाजसेवी जलकुमार गुरुङको प्रमुख आथित्यतामा वडा कार्यलयको जेष्ठ नागरिक भवनमा समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमामा अथितिहरु बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, वडा सदस्यहरु पृथ्वी वस्नेत, धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति थियो । विभिन्न जातिय भेषभुषा सहित उद्घाटन भएको महोत्सव सुरुवातमा दर्शकहरुको त्यति राम्रो उपस्थिति नभएता पनि पछिल्लो समयमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको थियो । सुरक्षा व्यवस्था राम्रो रहेकोले महोत्सवको अवधिभर कुनै नराम्रो दुर्घटना नभएको जानकारी समितिका सदस्य देबेन्द्र दर्नालले जान्कारी दिनु…
बिर्तामोड, १७ फागुन प्रदेश न. १ कोशी नाम खारेजीको माग सहित बिर्तामोडमा बिरोध र्याली प्रदर्शन र कोट सभा सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा बिरोध र्यालीका संयोजक पाण्डवलाल चौधरीले सभाको अध्यक्षता ग्रहण गरेका थिए भने विभिन्न संघ, संस्था, पार्टी र संगठनहरु बाट प्रतिनिधीको उपस्थिति थियो । विरोधसभामा पहिचानवादी नेता तथा निवर्तमान संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई , जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, राजवंशी महिला समाज विकास समिति अध्यक्ष सनम राजवंशी, मुकुम्लुङ संरक्षण तथा केवलकार संघर्ष समितिका झापा अध्यक्ष हिमालय…
बिर्तामोड, १७ फागुन बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको अध्यक्ष दिपक थापाको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अथितिहरु गोमा भट्टराई, देवि प्र. निरौला, दिपेन्द्र काफ्ले, युग कुमार भट्टराई, सन्तोस तिम्सिना, अनिता पुरी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । अधिवेशन पश्चात चन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको छ । त्यसै गरि उपाध्यक्षमा हरी प्रसाद अधिकारी, सचिवमा दिपक थापा, कोषाध्यक्षमा पदम अधिकारी, सदस्यहरुमा दुर्गा आचार्य, अम्बिका निरौला, भिष्मराज सापकोटा, सोमनाथ पौडेल, भरत राजबंशी, भिम प्रसाद खतिवडा, गोपाल श्रेष्ठ, कृष्णमाया थापा, बल बहादुर कार्की…