Skip to main content

ओरेन्ज समाचार

नेशनल प्याब्सन झापाको अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिता मंसिर २० गते देखि हुने ।

Advertisement

झापा, १६ मंसिर
नेशनल प्याब्सन झापाको आयोजनामा जिल्ला स्तरिय अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिता यहि मिति २०८२ साल मंसिर २० गते शनिबार देखि २७ गते सम्म हुने भएको छ । झापाका २१ वटा विद्यालयहरुका विद्यार्थीहरुको प्रतिस्प्रधा रहने प्रतियोगिताको उद्घाटन कार्यक्रम बिर्तामोड नगरपालिका वडा न. १० सैनिक बजार अवस्थित फुटबल खेल मैदानमा र समापन बिर्तामोडको मिडल पोइन्ट स्कुलमा नेशनल प्याब्सन केन्द्रिय अध्यक्ष गिता रानाको उपस्थितिमा हुने कुरा कार्यक्रमका संयोजक सुवर्ण भट्टराईले जानकारी दिनु भयो ।

माध्यमिक तह सम्मका विद्यार्थीहरुको शैक्षिक र अतिरिक्त क्रियाकलापको विकासलाई मध्य नजर गरेर संचालन गरिने कार्यक्रममा निबन्ध, चेस, एथलेटिक्स लगायतका विषयहरुमा प्रतियोगिता रहने छ भने नेशनल प्याबसन आबद्ध स्कुलहरु शिद्वार्थ शिक्षा सदन सैनिक बजार, एमेटी स्कुल मेचीनगर, कङगोइ स्कुल चकचकी, बेबिलेण्ड स्कुल बिर्तामोड, मिडलपोइन्ट स्कुल बिर्तामोड लगायतका स्कुलहरुमा विभिन्न मिति र समयमा प्रतियोगिता संचालन हुने छ  । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र द्वारा पुरस्कृत गरिने छ भने सम्पुर्ण अभिभावकहरु लगायत आम समुदायलाई उल्लेखनिय उपस्थिति भएर विद्यार्थीहरुलाई हौसला र कार्यक्रमको शोभा बढाइ दिन हुन एन प्याब्सन झापा अध्यक्ष धर्मराज माझिले आव्हान गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...