Skip to main content

ओरेन्ज समाचार

नेशनल प्याब्सन झापाको फाइनल फुटबल खेलमा सिदार्थ शिक्षा सदन बिजयी ।

Advertisement

झापा, २४ मंसिर

बिर्तामोड नगलपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योदन गुरुङको प्रमुख आथित्यता र नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिको सभापतित्वमा फाइनल फुटबल खेल बिर्तामोड-१० को श्री महेन्द्र ज्योती मा बि को खेल मैदानमा सम्पन्न भएको छ । अथितीहरुमा कार्यक्रम संयोजक सुवर्ण भट्टराई, कार्यक्रम व्यवस्थापक तथा मिडल पोइन्ट स्कुलका प्र.अ. हरी नुनिया धिमाल, कार्यक्रमको आर्थिक संयोजक कानगोइ स्कुलको संस्थापक धिरज नारायण गणेश,  सिदार्थ शिक्षा सदन स्कुलका व्यवस्थापन समिती अध्यक्ष मनु मुखिया लगायत व्यक्तिहरु उपस्थिति रहेको थियो । फुटबल खेलको आज अन्तिम दिन फाइनल खेलमा कनगोइ स्कुल बाह्रदशीलाई १ को विरुद्ध ५ गोल लगाएर बिर्तामोड-१०, सैनिक बजार अवस्थित सिदार्थ शिक्षा सदन स्कुलले यसपालिको फुटबल खेलमा प्रथम स्थान हासिल गर्न सफल भएको छ भने दोस्रो स्थान ओगटन सफल कनगोइ स्कुल बाह्रदशी रहेको छ तेसै गरि तेस्रो स्थान प्राप्त गर्न सफल एमइटी पब्लिक स्कुल काकरभिट्टा भएको छ ।
आजको फुटबल खेलमा मेन अफ द मेच सिदार्थ शिक्षा सदनका विद्यार्थी सबिन लिम्बू भएका छ्न भने र मेन अफ द टुर्नामेन्ट पनि सिदार्थ शिक्षा सदन कै विद्यार्थी युनिक पौडेल भएका छ्न ।  फाइनल खेलमा उद्घोषकको भुमिका निर्वाह गरेका दिपक उप्रेतिले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको अन्त्यमा नेशनल प्याब्सन झापाका अध्यक्षले सम्बोधन गर्दै सम्पुर्ण सहयोगी महानुभावहरुलाई विशेष धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...