Skip to main content

ओरेन्ज समाचार

कि या चु बिर्तामोड-२ को चासोक तङनाम कार्यक्रम सम्पन्न ।

Advertisement

१८ मंसिर,झापा

लिम्बु समुदायको मौलिक पर्व चासोक तङ्नाम ५०८५ तथा उद्यौली पर्व–२०८२ बिर्तामोड–२ स्थित सोमबारेमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्यरूपमा मनाइएको छ। प्रकृतिपूजकहरूद्वारा प्रत्येक वर्ष मनाइने चासोक तङ्नाम (न्वागी पूजा) यस वर्ष विशेष तयारीका साथ सम्पन्न गरिएको हो।

किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ वडा समिति को आयोजनामा किराँत थाक्थुङ चुम्लुङ–२०४६  कार्यक्रम सम्पन्न गरिएको किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ का धर्म लक्सम्बाले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले ब्यानर वाचन गर्दै सांस्कृतिक उत्सवको उद्घाटन गरेका थिए।

कार्यक्रममा च्याब्रुङ नाच,साकेला नाच, धान नाच तथा लिम्बु भाषाका गीत प्रस्तुत गरिएका थिए। साथै लिम्बु समुदायका दिदी–बहिनी तथा दाजु–भाइहरू आफैँको अद्वितीय पोशाकमा सजिएर उपस्थित हुँदा कार्यक्रम स्थल झनै आकर्षक बनेको थियो।

यस वर्ष आयोजकले विशेष रुपमा याक्थुङ पाङबो (लिम्बु समुदायको परम्परागत बस्ती) झल्कने एक मौलिक घर तथा लिङ्गे पिङ निर्माण गरी कार्यक्रम स्थल सोमबारे खेलमैदानलाई संस्कृतिमय बनाएको थियो।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला,बिर्तामोड–६ का वडा अध्यक्ष सुर्य प्रसाद कन्दगवा, बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड–२ का वडा अध्यक्ष किशोर पौडेल, कियाचु राष्ट्रिय सदस्य नरेनहाङ लिम्बु, बिर्तामोड–३ का निर्वतमान अध्यक्ष भोजराज सिटौला, सामाजिक व्यक्तित्व सजेश शिवाकोटी सहितको उपस्थिति रहेको थियो।

कार्यक्रममा कलाकार जुनु प्रसाई, राम लिम्बु र हिमाल लिम्बुले गीत–संगीत मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै सहयोगी दाताहरुलाई सम्मानपत्र,खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत कियाचु नगर सचिव सूर्य खजुमले गरेका थिए भने कार्यक्रम सञ्चालन सुमन बेघाले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...