Skip to main content

ओरेन्ज समाचार

हल्दिबारीको भुसुडी खोलामा पुल उद्घाटन कार्यक्रम सम्पन्न।

Advertisement

हल्दीबारी, ११ मंसिर 

हल्दीबारी गाउँपालिका–२ र ३ को जोडान बिन्दु रहेको लक्ष्मी मावि पूर्वस्थित भुसुडी खोलामा निर्मित पक्की पुल आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ। स्थानीय विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा चिनिएको यो पुल एक करोड ३० लाख रुपैयाँको लागतमा तयार भएको हो।

२६.८० मिटर लम्बाइ र ७.५ मिटर चौडाइको सो पुल निर्माणसँगै करिब ५ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।
उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन तथा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई, एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा लगायतका स्थानीय राजनीतिक तथा सामाजिक अगुवाको उपस्थिति उल्लेखनीय थियो।
बक्ताहरूले पुल निर्माणले स्थानीयको दैनिकी सहज बनाउने, सेवा–सुविधामा पहुँच बढाउने तथा आर्थिक गतिविधि तीव्र बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनमहेन्द्रले स्वागत मन्तव्य सहित पुलको आवश्यकता, बजेट तथा निर्माण प्रक्रियाबारे जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...