१८ मंसिर,झापा लिम्बु समुदायको मौलिक पर्व चासोक तङ्नाम ५०८५ तथा उद्यौली पर्व–२०८२ बिर्तामोड–२ स्थित सोमबारेमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्यरूपमा मनाइएको छ। प्रकृतिपूजकहरूद्वारा प्रत्येक वर्ष मनाइने चासोक तङ्नाम (न्वागी पूजा) यस वर्ष विशेष तयारीका साथ सम्पन्न गरिएको हो। किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ वडा समिति को आयोजनामा किराँत थाक्थुङ चुम्लुङ–२०४६ कार्यक्रम सम्पन्न गरिएको किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ का धर्म लक्सम्बाले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले ब्यानर वाचन गर्दै सांस्कृतिक उत्सवको उद्घाटन गरेका थिए। कार्यक्रममा च्याब्रुङ नाच,साकेला नाच, धान नाच तथा लिम्बु भाषाका गीत प्रस्तुत गरिएका थिए। साथै लिम्बु समुदायका दिदी–बहिनी तथा दाजु–भाइहरू आफैँको अद्वितीय…
झापा, १६ मंसिर नेशनल प्याब्सन झापाको आयोजनामा जिल्ला स्तरिय अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिता यहि मिति २०८२ साल मंसिर २० गते शनिबार देखि २७ गते सम्म हुने भएको छ । झापाका २१ वटा विद्यालयहरुका विद्यार्थीहरुको प्रतिस्प्रधा रहने प्रतियोगिताको उद्घाटन कार्यक्रम बिर्तामोड नगरपालिका वडा न. १० सैनिक बजार अवस्थित फुटबल खेल मैदानमा र समापन बिर्तामोडको मिडल पोइन्ट स्कुलमा नेशनल प्याब्सन केन्द्रिय अध्यक्ष गिता रानाको उपस्थितिमा हुने कुरा कार्यक्रमका संयोजक सुवर्ण भट्टराईले जानकारी दिनु भयो । माध्यमिक तह सम्मका विद्यार्थीहरुको शैक्षिक र अतिरिक्त क्रियाकलापको विकासलाई मध्य नजर गरेर संचालन गरिने कार्यक्रममा निबन्ध, चेस, एथलेटिक्स लगायतका विषयहरुमा प्रतियोगिता रहने छ भने नेशनल…
हल्दीबारी, ११ मंसिर हल्दीबारी गाउँपालिका–२ र ३ को जोडान बिन्दु रहेको लक्ष्मी मावि पूर्वस्थित भुसुडी खोलामा निर्मित पक्की पुल आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ। स्थानीय विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा चिनिएको यो पुल एक करोड ३० लाख रुपैयाँको लागतमा तयार भएको हो। २६.८० मिटर लम्बाइ र ७.५ मिटर चौडाइको सो पुल निर्माणसँगै करिब ५ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन तथा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई, एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा लगायतका स्थानीय राजनीतिक तथा सामाजिक अगुवाको…
हल्दिबारी, ४ कार्तिक हल्दिबारी गाउँपालिका वडा न.१ अवस्थित फारलाइन टोल, केशरहोलिमा समावेशी, श्रीमद्भागवत महापुराण धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहाज्ञ यहि मिति २०८२ साल मंसिर ९ गते देखि १६ गते सम्म हुने भएको छ । समितिका अध्यक्ष सोमनाथ सुवेदीको सभापतित्वमा संचालन भएको एक पत्रकार सम्मेलनमा स्थानिय समाजसेवी, बुद्धिजिवी, सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव सुर्य सुवेदीले गर्नु भएको थियो । श्रीनामहरि किर्तन मण्डली सेवा समितीले आयोजना गर्न गइरहेको महापुराणको उद्देश्य समितीको कार्यलय भवन निर्माण गर्नुका साथै समाजमा रहेको लागू औषध दुर्व्यसनी बिसङ्तीलाई सहि मार्ग दर्शनको निम्ति धार्मिक र आध्यात्मिक चिन्तन आवश्यक हुने भएकाले ७ दिने पुराणा योजना…
बिर्तामोड, १५ कार्तिक बिर्तामोड नगरपालिका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र विशाल कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष राईको सभापतित्वमा बिर्तामोड-१० मा अवस्थित एक मात्र कृषि सहकारी संस्था विशाल कृषि सहकारी संस्थाको १२ औं साधारण सभा ज्येष्ठ नागरिक भवनमा शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको छ । अथितिहरुमा वचत तथा ऋण सहकारी संस्था झापाका सदस्य कृष्ण पोख्रेल, सहारा नेपालका उपाध्यक्ष ज्ञानुनाथ मैनाली, बिर्तामोडका पुर्व कार्यपालिका सदस्य गिता घिमिरे, भुपु सैनिक प्रतिष्ठानका अध्यक्ष ज्ञान कुमार गुरुङ, अन्नपूर्ण कृषक समुहका अध्यक्ष गोपाल सिवाकोटी, विशाल सहकारी संस्थाका सल्लाहकार संयोजक देबेन्द्र गौतम, सल्लाहकार मनु मुखिया लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन…
बिर्तामोड, २५ असोज तामाङ गेदुङ संघ बिर्तामोडको आयोजनामा बिर्तामोड नगरपालिका वडा न. ६ बुट्टाबारी अवस्थित समाधी स्थलमा मलामीहरुलाई पानी पिउन सहज होस भनेर समाज सेवी आशिष बनले आफ्नो जन्म दिनको अवसरमा धारा जडान गरिएको छ। तामाङ गेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व र संघिय सदस्य पदम तामाङको प्रमुख आथित्यतामा सम्पुर्ण तामाङ गेदुङका सल्लाहकार र सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य टिकाराज घिसिङले राख्नु भएको थियो भने सचिव गणेश तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो ।
बिर्तामोड, २३ असोज शिवसताक्षी नगरपालिका वडा न. १० बस्ने बर्ष ७७ को बमबहादुर बर्देवा र छोरा बर्ष ३६ को हेमन्त बर्देवा दुबै जना गम्भीर बिरामी भएर ओछ्यानमा छ्न । बुबा बम बहादुर बर्देवा करिब १ बर्ष देखि प्यारालाईज भएर ओछ्यान पर्नु भएको र फेरि असोज १५ गते राती १ बजे बिर्तामोडको सैनिक मोडमा छोरा हेमन्त बर्देवालाई गाडिले ठक्कर दिदा गम्भीर घाइते भएर अहिले आर्थिक अभावका कारण उपचार हुन नसकिरहेको अवस्थामा परिवारले सहयोगको अपिल गरेका छन । छोरा हेमन्त बर्देवाको दुर्घटना हुँदा गाडिको पहिचान हुन नसकेको र बि एण्ड सी मा उपचार गराउने क्रममा २५ लाख लाग्ने भएको तर घरको आर्थिक…
बिर्तामोड, १५ असोज बिर्तामोड नगरपालिका वडा न. ३ बस्ने २८ बर्षिय दिलकुमारी ऋषीदेवको मिति २०८२ असोज १५ गते दिउँसो बर्षाको समयमा खेतबारीमा बाख्रा लिन जाने क्रममा च्ट्याङले लागेर मृत्यु भएको सोही स्थान बस्ने स्थानियहरुले जानकारी दिनु भएको छ । मृतकको श्रीमान बिनोद ऋषिदेव, एक छोरा र एक छोरी छ्न । मृतकको पर्थिव शरीर मेची प्रदेशिक अस्पताल पोस्ट मार्टमको लागि लगिएको र पोस्ट मार्टम पश्चात् दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ ।
बुद्धशान्ती, १२ असोज हिन्दुहरुको महान चाड बडा दसैं तथा शुभदिपावलीको उपलक्ष्यमा बुद्धशान्ती गाउँपालिका वडा न. २ बस्ने छिरिङ जिम्बा तामाङले आफ्नै लगानीमा निर्माण गरिएको आजभोली लोप हुँदै गएको रोटेपिङ फुलपातीको दिन उद्घाटन गरेका छ्न । काठबाट निर्माण नरिने रोटेपिङ मात्र हैन उनले केही महिना अगाडि रुखको टुप्पामा निर्माण गरिएको भाइरल घर हेर्न झापा लगायत पुर्वका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत देखि पनि पर्यटकहरु आउने गरेका छ्न । उनको यो कला देखेर प्रशंसा गर्ने मात्र हैन दुर्गम जस्तै देखिने यो ठाउँ भ्रमण गर्न पर्यटकहरु आएको देख्दा छिमेकीहरु पनि दङ्ग छ्न । घुम्न डुल्न बस्न नि:शुल्क रहेको यस ठाउँमा पुर्ण रुपमा प्रकृतिक…
बिर्तामोड,११ असोज झापा नेत्रहिन संघको १९औं वार्षिक साधारण सभा तथा आउँदो बडादशैं,दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिर्तामोड–३ बिर्ता बजारस्थित संघको सभा हलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बाँस्तोला, विराट बहुउद्देश्यीय सहकारीका अध्यक्ष रुद्र सिटौला, समाजसेवी कविता घले गुरुङ, कन्चनजङ्गा इङ्गलिस स्कूल बिर्तामोडका संस्थापक डा. केशवराज न्यौपानेलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संग्रौलाले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए। सो अवसरमा संघमा अध्ययनरत सदस्यहरू दिनेश मोची, प्रकाश खरेल र सुष्मा ढुंगेललाई…