झापा, ७ असोज
हिमालयन फुटबल क्लबको आयोजनामा असोज ८ र ९ गते (२४–२५ सेप्टेम्बर २०२६) हुने रोयल नेपाल फुटसल प्रतियोगिता पेप्सीकोलामा सञ्चालन हुने प्रतियोगितामा हल्दिबारी–४ बडाबारी अवस्थित पाथिभरा स्पोर्टिङ क्लब तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने भएको छ।
प्रतियोगिताका लागि पाथिभरा स्पोर्टिङ क्लबको टिम व्यवस्थापक योगेश आले मगर र प्रशिक्षक मिसन राई रहेका छन् भने क्लबको कप्तानमा अनिश थाम्सुहाङ रहेका छन्। टोलीमा राजन मेचे, विल्सन शेर्पा, सुरेन्द्र राई, फुर्तेन तामाङ, कृष्ण गुरुङ, सरोज राई, इन्द्रबहादुर मगर, सञ्जय श्रेष्ठ र प्रदीप राईलगायतका खेलाडी रहेका छन्।
यसैबीच, पाथिभरा स्पोर्टिङ क्लब (हल्दिबारी) को खेल भोलि असोज ८ गते बिहिबार बेलुका ७:३० बजे हुने भएको छ। उक्त खेलको गोल नेपाल डटकमको YouTube च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएकाले हल्दिबारी तथा देश–विदेशमा रहेका सम्पूर्ण खेलप्रेमीहरूलाई प्रत्यक्ष प्रसारणमार्फत खेल हेरेर आफ्नो टोलीलाई हौसला प्रदान गर्न क्लबले आग्रह गरेको छ।



