Skip to main content

ओरेन्ज समाचार

झापा नेत्रहिन संघको १९ औं साधारण सभा सम्पन्न ।

Advertisement

बिर्तामोड,११ असोज

  झापा नेत्रहिन संघको १९औं वार्षिक साधारण सभा तथा आउँदो बडादशैं,दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

बिर्तामोड–३ बिर्ता बजारस्थित संघको सभा हलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बाँस्तोला, विराट बहुउद्देश्यीय सहकारीका अध्यक्ष रुद्र सिटौला, समाजसेवी कविता घले गुरुङ, कन्चनजङ्गा इङ्गलिस स्कूल बिर्तामोडका संस्थापक डा. केशवराज न्यौपानेलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संग्रौलाले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए। सो अवसरमा संघमा अध्ययनरत सदस्यहरू दिनेश मोची, प्रकाश खरेल र सुष्मा ढुंगेललाई जनही रु. ४ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो।

त्यसैगरी संघका सदस्यहरू देवेन्द्र गिरी,शेषलाल राजबंशी,सन्ध्या याङनाम,हिमाल राई,मानी ताजपुरिया,अश्विनी काफ्ले,टिका कृष्ण रिजाल,युवराज राजबंशी, अनिल मुखिया,रेबिजा खातूनलगायतलाई सेतो छडी र ब्रेल पेपर हस्तान्तरण गरिएको थियो।

सभामा वक्ताहरुले संघको सफलतामा शुभकामना दिँदै सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। कन्चनजङ्गा स्कूलका संस्थापक डा. न्यौपाने,विराट सहकारीका अध्यक्ष सिटौला,खानेपानीका अध्यक्ष बाँस्तोला,संघका संस्थापक सल्लाहकार दोर्णाचार्य निरौला, समाजसेवी कविता घले,पंचकऱ्या बहुउद्देश्यीय सहकारीकी अध्यक्ष यादवकुमारी तिम्सिना,कियाचु बिर्तामोड सचिव हिमा चेम्जोङ, हल्दीबारी प्राविका प्रअ टेक पाख्रिनलगायतले शुभकामना मन्तव्य दिएका थिए।

सोही अवसरमा प्रमुख अतिथि संग्रौलाले जेनजी आन्दोलनका क्रममा बिर्तामोड नगरपालिकाले करिब १५ करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको बताउँदै,त्यही क्रममा दृष्टिबिहीनलगायत असहायलाई वितरण गर्न राखिएको करिब २५ लाख बराबरको सहयोग सामग्रीसमेत जलेर नष्ट भएको जानकारी दिए।

कार्यक्रममा विभिन्न सहयोगी दाताहरूको योगदानसमेत सार्वजनिक गरिएको थियो। बिर्तामोड नगरपालिका उपमेयर संग्रौला र नगरपालिकाको तर्फबाट रु.२० हजार, कन्चनजङ्गा स्कूलबाट रु.१५ हजार,कविता घलेबाट रु.६ हजार, पंचकऱ्या महिला सहकारीबाट रु.२ हजार, मेदनी प्रसाद न्यौपानेबाट रु.१ हजार तथा कियाचु सचिव हिमा चेम्जोङबाट एक बण्डल फोटो कपी पेपर सहयोग गरिएको हो।

कार्यक्रममा संघको वार्षिक प्रगति प्रतिवेदन बिमल भट्टराईले वाचन गरेका थिए। कार्यक्रममा स्वागत उपाध्यक्ष उत्तम खतिवडाले र सञ्चालन दिल राजबंशीले गरेका थिए। बन्द सत्रबाट आर्थिक तथा अन्य प्रतिवेदन सर्वसम्मत पारित भएको संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...