झापा, २० भदौ
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।
श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारीको सभापतित्त्व र केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवाको उपस्थितिमा भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित मानिसहरुको सहयोगको निम्ति संकलन गरिएको रकम एक औपचारिक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।
श्रम संस्कृति पार्टी झापा जिल्लाका जम्मा १५ वटा पालिका समितीहरुबाट संकलन कार्य जारी रहेको र अहिले सम्म करिब २ लाख रकम बराबरको जिन्सी सामानहरु र रु ४६५१७०/- संकलन भएको जानकारी समितिका कोषाध्यक्ष दिपेन राईले बताउनु भयो ।



