बिर्तामोड, ७ असोज
उज्यालो नेपाल पार्टी झापाका अध्यक्ष चुणा कर्ण बेघाको सभापतित्व तथा हरित क्रान्ति ३ महिने अभियानका प्रदेश-१ इन्चार्ज खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा बिर्तामोडको आदर्श ब्याङ्केटमा असोज ७ गते बुधबारको दिन बैठक र शिक्षण कार्यक्रम सम्पन्न भएको थियो भने अथितिहरु उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्यहरु सरु सिङघक, अग्नीमाया मेचे, सन्तोष आचार्य, सचिवालय सदस्य किश्वरी अधिकारी, प्रदेश सल्लाहकार कालि बहादुर खेवाङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उज्यालो नेपाल पार्टीको उद्देश्य र सिद्धान्तको बारेमा जानकारी प्रदान गरिएको थियो भने समितिका सह सचिव अन्जना राई औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।



