ओरेन्ज समाचार

झापा नेत्रहिन संघको १९ औं साधारण सभा सम्पन्न ।

झापा नेत्रहिन संघको १९ औं साधारण सभा सम्पन्न ।

झापा नेत्रहिन संघको १९ औं साधारण सभा सम्पन्न ।

बिर्तामोड,११ असोज   झापा नेत्रहिन संघको १९औं वार्षिक साधारण सभा तथा आउँदो बडादशैं,दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिर्तामोड–३ बिर्ता बजारस्थित संघको सभा हलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बाँस्तोला, विराट बहुउद्देश्यीय सहकारीका अध्यक्ष रुद्र सिटौला, समाजसेवी कविता घले गुरुङ, कन्चनजङ्गा इङ्गलिस स्कूल बिर्तामोडका संस्थापक डा. केशवराज न्यौपानेलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संग्रौलाले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए। सो अवसरमा संघमा अध्ययनरत सदस्यहरू दिनेश मोची, प्रकाश खरेल र सुष्मा ढुंगेललाई…
Read More
नेफिन बिर्तामोडको चौथो अधिवेशन सम्पन्न ।

नेफिन बिर्तामोडको चौथो अधिवेशन सम्पन्न ।

बिर्तामोड,४ असोज  नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि दिपेन्द्र चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नव निर्वाचित पदाधिकारीमा उपाध्यक्ष सुबास तामाङ, रत्ना राजबंशी र देबी माया श्रेष्ठ, सचिव लिला गुरुङ, सहसचिव राज मुखिया र प्रभास थापा मगर, कोषाध्यक्षमा चुडाकर्ण बेघा रहेका छन्। यस्तै सदस्यहरूमा श्याम मुर्मु, धनन्जय गणेश र बिवश शेर्पा चयन भएका छन्। पाँच सदस्यीय निर्वाचन मण्डलका संयोजक कृष्ण थेवे र सदस्यहरू बिरेन मेचे, प्रेमसिंह घिसिङ, सुनिता तामाङ्ग र लक्ष्मण श्रेष्ठले परिणाम सार्वजनिक गरेका थिए। निर्वाचन मण्डलका अनुसार एक सहसचिव (महिला) र अन्य चार महिला सदस्य…
Read More
विविध कार्यक्रम सहित आदिवासी जनजाति नेत्रहीन संघको स्थापना दिवस सम्पन्न

विविध कार्यक्रम सहित आदिवासी जनजाति नेत्रहीन संघको स्थापना दिवस सम्पन्न

झापा, असोज ३ – आदिबासी जनजाति नेत्रहिन संघ झापाको १५औं स्थापना दिवस शिवसताक्षी–१० माईधारस्थित किरात खिजोलुङ्ग माङ्गहिम परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघका अध्यक्ष भोज कुमार तामाङ्गको अध्यक्षता तथा प्राज्ञ **सुमित्रा वाङ्गदेल “चेली”**को प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै कन्काई कोटी होमका अध्यक्ष शेर बहादुर थापा, गैडे सामुदायिक बन शिवसताक्षी–१० का अध्यक्ष राम लावती, किरात खिजोलुङ्ग माङ्गहिमका अध्यक्ष भवानी बिक्रम सेलिङ्ग, वडा अध्यक्ष दिपक कुमार पोखरेल, संघका सल्लाहकार कृष्ण थेवे र शिवकुमार राजभण्डारी, नेपाल आदिबासी जनजाति महासंघ झापा सचिव लक्ष्मण श्रेष्ठ, दोमुखा पर्यटन उपाध्यक्ष इन्द्र त्यौपानेलगायतको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा प्रमुख अतिथि चेलीले दिप प्रज्वलन गर्नुभएको थियो भने…
Read More
जेन जि को आन्दोलन पश्चात् झापामा सामान्य बन्दै जन जीवन ।

जेन जि को आन्दोलन पश्चात् झापामा सामान्य बन्दै जन जीवन ।

झापा, ३० भदौ भदौ २२ र २३ गते भएको देश व्यापी आन्दोलनमा देशका विभिन्न स्थानहरुमा आगजनी भएको थियो । आन्दोलनमा मानविय क्षत्ति सगै सार्वजनिक र व्यक्तिगत सम्पत्तिहरुको आगजनी भएको थियो भने चोरी चकारी र डकैतीको खतराले जनजिवन प्रभावित भएको थियो । पुर्व प्रधानमन्त्री केपि ओलिले पदबाट राजिनामा दिए सगै शुशिला कार्की अन्तरिम प्रधानमन्त्री भए पश्चात नेपालमा भष्टचार न्युनिकरण हुन्छ भन्ने नेपालीहरुमा आशा पलाएको छ । समय परिवर्तन सगै अहिले झापामा जनजीवन सामान्य बन्दै गइरहेको छ ।
Read More
बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८२ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई

बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८२ वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई

बिर्तामोड, २८ जेठ बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम आगामी जेठ ३१ गते बिर्तामोड सिटी सेन्टरमा भव्य रूपमा आयोजना हुने भएको छ। गोर्खा फाउण्डेसन नेपालले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। यस वर्षको विशेष सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई प्रदान गरिनेछ। कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको र अघिल्लो वर्षदेखि सुरु भएको यो सम्मानलाई यसपटक पनि निरन्तरता दिइएको छ। यो वर्षदेखि नगद राशीको व्यवस्था हटाइएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले जानकारी दिए। अघिल्लो वर्ष भने कदरपत्रसँगै नगद पनि प्रदान गरिएको थियो। कार्यक्रममा दार्जिलिङबाट मारुनी नाच र मादल टोली, साथै स्थानिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै झापाको विभिन्न क्षेत्रमा…
Read More
महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

महिला सशक्तीकरणका लागि स्वास्थ जीवनशैली सम्बन्धि एक दिने तालिम सम्पन्न ।

बिर्तामोड, २५ जेठ सैनिक बजार महिला नौमती बाजा समितिका अध्यक्ष खिलेश्वरी पाण्डेको सभापतित्व र बिर्तामोड १०वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा बिर्तामोड १० को जेष्ठ नागरिक भवनमा एक दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, दिपिका सिवा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बिर्तामोड १० का टोल विकास संस्थाहरुबाट महिलाहरुको उपस्तिथि रहेको थियो । प्रशिक्षक हरि प्रसाद सिटौलाले प्रशिक्षण दिएको एक दिने तालिममा मानसिक रुपमा महिलाहरु कसरी सबल बन्न सक्छ र महिलाले राज्यको विभिन्न क्षेत्रमा आफ्नो पहुच कसरी बनाउन सक्छ्न भन्ने बिषयमा सचेतना मुलक कार्यक्रममा समितिका सचिव संगिता भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो भने…
Read More
लिम्बू चलचित्र ” नाम ओती” बिर्तामोडमा असार १६ गते प्रदर्शन हुने तयारी ।

लिम्बू चलचित्र ” नाम ओती” बिर्तामोडमा असार १६ गते प्रदर्शन हुने तयारी ।

बिर्तामोड, १९ जेठ  लिम्बू चलचित्र "नाम ओती" प्रदर्शनका संयोजक भिम थेबेको सभापतित्व र बिर्तामोड ५ का पुर्व वडा अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच यहि मिति २०८२ असर १६ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराइएको छ । चलचित्रको नायिका रुबिना श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, चन्द्र थेबे, दिनेश श्रेष्ठ, कुमारी मादेन, योगेश श्रेष्ठ, दिल कुमारी पालुङ्वा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा रत्न कुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । दिलिप फुरुम्बोको निर्देशनमा बनेको चलचित्र "नाम ओती" नेपालको विभिन्न सेनिमा हलहरुमा प्रदर्शनको तयारी चलिरहेको कुरा नायिका रुबिना श्रेष्ठले बताउनु भयो । औपचारिक कार्यक्रममा अथितिहरुले चलचित्रको…
Read More
बिर्तामोड १० नमुना टोलमा घरको ताल्चा फोरेर चोरी भएको छ ।

बिर्तामोड १० नमुना टोलमा घरको ताल्चा फोरेर चोरी भएको छ ।

बिर्तामोड, १७ जेठ बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित नमुना टोल बस्ने सन्त श्रेष्ठको घरमा चोरी भएको छ । मिति २०८२ जेठ १७ गते शनिबारको दिन बेलुकाको करिब ९ बजे तिर चार आना सुन र ७ हजार रुपैयाँ गरि जम्मा ५२ हजार बराबरको चोरी भएको जानकारी घर धानी सनत श्रेष्ठले जानकारी दिनु भयो ।
Read More
बिर्तामोड ७, खोबबारी श्रीजङ्गा चोकबाट महिला हराइन

बिर्तामोड ७, खोबबारी श्रीजङ्गा चोकबाट महिला हराइन

बिर्तामोड, ११ जेठ बिर्तामोड-७, खोबबारी श्रीजङ्गा चोक बस्ने सुर्य बहादुर लावतीको श्रीमती धनमती लावती बर्ष ५० को यहि मिति २०८२ जेठ ११ गते आइतबारको दिन बिहान घर बाटै हराएकी छिन । गहुगोरो वर्णको रातो रङ्गको कपडा लगाएको अचानक घरबाटै हराएको हुँदा देख्नु हुने जो कोहिलाई पनि प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु हुन घरका परिवारले अनुरोध गरेका छ्न ।
Read More
कोलाटोली खानेपानी बारे पत्रकार सम्मेलन ।

कोलाटोली खानेपानी बारे पत्रकार सम्मेलन ।

बिर्तामोड, ३ जेठ  बिर्तामोड नगरपालिका–९ मा निर्माण भइरहेको कोलाटोली खानेपानी संस्थामा देखिएको चरम अनियमितता र बेतिथी विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपालगायत राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा ती दलहरूले डेढ दशकअघि सुरु भएको आयोजना हालसम्म सम्पन्न नहुँदा जनतामा निराशा बढेको भन्दै गम्भीर आपत्ति जनाएका हुन्। दलहरूका अनुसार संस्थाले अहिलेसम्म खानेपानी वितरण गर्न सकेको छैन, राज्यको लगानी व्यक्तिको  जग्गामा गरिएको छ, लेखापरीक्षण सार्वजनिक गरिएको छैन, समिति गठनमा पारदर्शिता छैन, र वर्षेनी बजेट निकासा भए तापनि त्यसको प्रत्यक्ष उपयोगिता देखिँदैन भनि टिप्पणी गरेका हुन्। पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति सूर्य प्रसाद कन्दङवाले…
Read More