Skip to main content

ओरेन्ज समाचार

दमक-४ ताराबारीमा श्रीमत भागवत ज्ञान महायज्ञ तथा धान्याञ्ल महायज्ञ पुराण माघ २६ गते देखि सुरु हुने भएको छ ।

Advertisement

झापा, ३ माघ

दमक-४ ताराबारीमा श्रीमत भागवत ज्ञान महायज्ञ तथा धान्याञ्ल महायज्ञ पुराण माघ २६ गते देखि सुरु हुने भएको छ ।
श्री शिवशक्ती जनकल्याण सेवा सदनका अध्यक्ष सरिता कार्कीको सभापतित्व र आचार्य पण्डित देवि प्रसाद खतिवडाको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच महायज्ञ पुराण कार्यक्रम संचालन हुने मिति सार्वजनिक गरिएको छ । माघ २६ गते देखि फाल्गुन ४ गते सम्म आयोजना हुने पुराणमा शिवरात्री अथवा पुराणको पहिलो दिन उद्घाटन संगै कलश यात्रा र शिवलिङ्ग स्थापना हुनेछ र त्यसपछि क्रमिक रुपमा धार्मिक विधि अनुसार दैनिक पुजा र अनुष्ठान रहने कुरा औपचारिक कार्यक्रममा पुराणका प्रमुख वाचक आचार्य  पण्डित देवि प्रसाद खतिवडाले जानकारी दिनु भयो । अथितिहरु केदारनाथ बराल, प्रभुराम कार्की, गणेश सापकोटा, कृष्ण प्रसाद घिमिरे, टिकामाया खरेल, अर्जुन नेपाल, बिमला देवि रिजाल लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा  समितिका सचिव डिल्लीराम न्यौपानेले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो । माघ २६ गते देखि  सुरु हुने पुराणको क्रममा विभिन्न सांकृतिक झाकीको प्रस्तुती, सहयोगी दाताहरुलाई सम्मान कार्यक्रम, भजन कृतन, प्रसाद ग्रहण लगयतका कार्यक्रम रहने कुराको जानकारी समितिका अध्यक्ष सरिता कार्कीले दिनु भयो । जग्गा दाता टिकामाया खरेलले आफ्नो श्रीमान स्व. प्रेम प्रसाद खरेलको स्मृतिमा ५ धुर जग्गा दान गर्नु भएको, अर्जुन नेपाल, शोभा नेपाल र छोरा भुपाल नेपालबाट रु १,५०,००० प्राप्त भएको, तिलरुपा लुइटेलबाट रु १,००,०००/- साथै लिलानाथ बरालबाट रु ५०,०००/- सहयोग प्रदान गर्नु भएको जानकारी डिल्लीराम न्यौपानेले दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...