Skip to main content

ओरेन्ज समाचार

हल्दिबारी गाउँपालिकामा ६ दिने स्काउट तालिम उद्घाटन कार्यक्रम सम्पन्न ।

Advertisement

हल्दीबारी गाउँपालिका–३ स्थित चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा हल्दीबारी गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी २१ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि ६ दिने आवासीय आधारभूत स्काउट तालिमको औपचारिक शुभारम्भ गरिएको छ।
हल्दीबारी गाउँपालिकाको आयोजना तथा चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलको समन्वयमा आजबाट सञ्चालन हुन लागेको उक्त तालिमले शिक्षक–शिक्षिकाहरूमा नेतृत्व क्षमता, अनुशासन, सेवा भावना र स्काउटिङ सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम हल्दीबारी गाउँपालिका खेलकुद संयोजक तथा स्काउट मूल समिति संयोजक एवम् वडा नं. ४ का वडा अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष लिङ्देनले स्काउट तालिमले विद्यार्थी, शिक्षक तथा समग्र समाजमा सकारात्मक सोच, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै तालिम सफलताको शुभकामना दिनु भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर महेन्द्र तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको उपस्थिति रहेको थियो। यस्तै अतिथिहरूमा वडा नं. १ का वडा अध्यक्ष देवी बहादुर थापा, वडा नं. ३ का वडा अध्यक्ष विष्णु प्रसाद ओली लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी स्काउटका स्रोत तथा सुशासन वित्त आयुक्त अरुण बस्नेतले तालिम कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्काउटिङले व्यक्तित्व विकास, अनुशासन र सामाजिक सेवामा योगदान पुर्‍याउने विषयमा धारणा व्यक्त गर्नु भएको थियो।
६ दिनसम्म आवासीय रूपमा सञ्चालन हुने उक्त तालिममा स्काउटिङका सिद्धान्त, व्यवहारिक अभ्यास, टोली कार्य, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू समेटिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...