Skip to main content

ओरेन्ज समाचार

बौद्धधर्म चक्र गुम्बाको तमु ल्होसार भव्य रुपमा सम्पन्न भयो ।

Advertisement

बिर्तामोड, १५ पुस

बिर्तामोड-१० सैनिक बजार अवस्थित बौद्धधर्म चक्र गुम्बा सेवा समितिले आयोजना गरेको तमु ल्होसार २०८२ पुस १५ गते बिहान बौद्ध धर्म अनुसार पुजा पाठ पश्चात एक औपचारिक कार्यक्रमका साथमा रोचक सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भएको छ।

बौद्धधर्म चक्र गुम्बा सेवा समितिका अध्यक्ष रत्न बहादुर गुरुङको सभापतित्व र बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता संचालन भएको कार्यक्रममा उक्त कार्यक्रममा अथितिहरु डिल्ली कुमार गुरुङ, तुलाराम गुरुङ, जलकुमार गुरुङ, सुर्यप्रकाश कन्दङ्वा, भिम गुरुङ, कुमार गुरुङ, दुर्गा गुरुङ, रिमानधोज लोक्ताम, मनु मुखिया लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समितिका सह सचिव लिला बहादुर गुरुङले गर्नु भएको र स्वागत मन्तव्री उपाध्यक्ष अम्बर बहादुरले राख्नु भएको थियो । औपचारिक कार्यक्रम पश्चात् मनोरञ्जनात्मक कार्यक्रम उदय गुरुङ र ममता गुरुङले संचालन गरि थप रौनकता प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा गुरुङ समुदायको आफ्नो मौलिकता झल्काउने जातिय पोशाक सहित बौद्ध धर्मावलम्बीहरु सगै विभिन्न समुदाय र धर्मका मानिसहरुको उपस्थिती रहेको थियो भने औपचारिक कार्यक्रम पश्चातको सांस्कृतिक कार्यक्रमले रमझमको माहोल बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...