झापा, ७ फाल्गुन चलचित्र "सिक्कुम" को प्रीमियर शो मेचीनगर-१३ चारआलीमा सम्पन्न भएको छ । कार्यक्रम संयोजक दिलिप कुमार योङहाङको सभापतित्व र समाज सेवी लाल बहादुर थेबेको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम पश्चात् लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र "सिक्कुम" किराँत याक्थुङ चुम्लुङ मेचीनगर-१३ को भवनमा विशेष प्रदर्शन भएको छ । अथितिहरुमा भिमा लिम्बू, राजन प्रसाईं, सामुहाङ इजम, बिजय भट्टराई, दुर्गा इङनाम, रेगन प्रसाई लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको क्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने चलचित्र हेरिसके पछि दर्शकहरुको चलचित्र बारे प्रतिक्रिया राम्रो आएको जानकारी चलचित्रका नायक राज श्रेष्ठले दिनु भयो ।
बिर्तामोड, २९ माघ श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा न. २ अवस्थित श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब कार्यक्रम यहि मिती २०८२ साल माघ २९ गते बिहिबारको दिन बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र श्री पञ्चरत्न मा.बि. व्यवस्थापन समितिका अध्यक्ष धर्म लक्सम्बाको सभापतित्वमा विद्यालय सहयोग गर्नु हुने विभिन्न व्यक्तिहरुलाई सम्मान सगै सांस्कृतिक नृत्य, गायन र झाकिहरुको साथमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संगौला, प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड-२ का वडा अध्यक्ष किशोर कुमार…
झापा, २५ माघ श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औं विर्षिकोत्सव कार्यक्रम माघ २५ गते आइतबारको दिन विद्यालयको प्राङ्गाणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । शिक्षक अभिभाबक संघका अध्यक्ष मुना भट्टराईको सभापतित्व र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनको प्रमुख आथित्यतामा पालिका मै उत्कृष्ट दुइ विद्यार्थीहरु सहित जम्मा छ जनालाई पुरस्कृत गर्दै विभिन्न सांस्कृतिक नृत्य, गायन र झाकीले कार्यक्रमलाई रोचक बनाएको थियो । अथितीहरुमा हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, झापा जिल्ला प्याब्सन सदस्य नितेश खरेल, हल्दिबारी वडा न. १ का वडा अध्यक्ष देवि बहादुर थापा, शिक्षा सहजकर्ता दुर्गा अधिकारी लगायत व्यक्तिहरुको…
भद्रपुर, २४ माघ २८६२ औँ सोनाम ल्होसार (ताल्बो वर्ष) “नेपाल राष्ट्रको सान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ भद्रपुरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। नेपाल तामाङ धेदुङ भद्रपुर नगर समितिको आयोजनामा तथा श्री पदम दोयलिङ गुम्बा, श्री टासी छोयलिङ गुम्बा र श्री दे छोयलिङ गुम्बा १, २ र ३ इकाइको सह–आयोजनामा भद्रपुर–१० स्थित १७ बिघेमा रहेको श्री दे छोयलिङ गुम्बा प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।नेपाल तामाङ धेदुङ भद्रपुर नगर समितिका अध्यक्ष बसन्त कुमार मोक्तानको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि पोखरेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको…
झापा, २३ माघ झापामा सञ्चालन हुँदै आएको प्रतिष्ठित तथा ऐतिहासिक फुटबल प्रतियोगिता झपा गोल्डकपको सातौं संस्करण स्वर्गीय बिनोद बस्नेत स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण झापा गोल्डकपको सातौँ संस्करण आगामी माघ २४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता झापा बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा सञ्चालन हुनेछ। फुटबलप्रेमी दर्शक तथा खेलाडीको उत्साहलाई मध्यनजर गर्दै यस वर्षको झापा गोल्डकपलाई अझ व्यवस्थित,मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ। यस संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’ रहेको जानकारी पनि आयोजकले दिएको छ। 🔹 त्यसैगरी,झापा गोल्डकपको मुख्य सह–प्रायोजकमा अन्तर्राष्ट्रिय झापाली समाज, क्रिङ्गसबेरी इन्टरटेनमेन्ट, र मेची आँखा…
बिर्तामोड, ८ माघ बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित मधुपोखरी टोल विकास संस्था बस्ने राजकुमार घतानेको श्रीमती सरु दर्जी बर्ष २५ को आफ्नै घरमा हिजो मिति २०८२ साल माघ ७ गते बुधबारको दिन दिउँसो करिब २ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेकी छिन । दुई छोरीहरुको आमा सरु दर्जीको ठुली छोरी ६ बर्षको सानी छोरी ८ महिना रहेको उक्त मृतकको पार्थिव शरिरलाई पोष्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिएको जानकारी मृतकका पिता हर्क बहादुर दर्जीले जानकारी दिनु भयो ।
बिर्तामोड, ५ माघ नेपाल तामाङ गेदुङ संघ बिर्तामोडको आयोजनामा सोनाम लोछार कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेपाल तामाङ गेदुङ संघ बिर्तामोडका अध्यक्ष बिजय तामाङको सभापतित्व मञ्जुश्री सम्वत् २८६२ अथवा तमु लोछार २०८२ कार्यक्रम बिर्तामोड-४ अवस्थित नमौ: बौद्ध गुम्बाको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको हो । बिहानको समयमा बौद्ध धर्म अनुसार पुजा र दिउँसो औपचारिक कार्यक्रम सगै मौलिक संस्कृति भेष भुषा सगै नृत्य र गायनले कार्यक्रम रोचक बनाएको थियो । अथितिहरुमा पदम बहादुर तामाङ, दिपेन्द्र चौधरी, तिलक पाख्रीङ, प्रेम घिसिङ, सागर मिश्र लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत…
झापा, ३ माघ दमक-४ ताराबारीमा श्रीमत भागवत ज्ञान महायज्ञ तथा धान्याञ्ल महायज्ञ पुराण माघ २६ गते देखि सुरु हुने भएको छ । श्री शिवशक्ती जनकल्याण सेवा सदनका अध्यक्ष सरिता कार्कीको सभापतित्व र आचार्य पण्डित देवि प्रसाद खतिवडाको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच महायज्ञ पुराण कार्यक्रम संचालन हुने मिति सार्वजनिक गरिएको छ । माघ २६ गते देखि फाल्गुन ४ गते सम्म आयोजना हुने पुराणमा शिवरात्री अथवा पुराणको पहिलो दिन उद्घाटन संगै कलश यात्रा र शिवलिङ्ग स्थापना हुनेछ र त्यसपछि क्रमिक रुपमा धार्मिक विधि अनुसार दैनिक पुजा र अनुष्ठान रहने कुरा औपचारिक कार्यक्रममा पुराणका प्रमुख वाचक आचार्य पण्डित देवि प्रसाद खतिवडाले…
बिर्तामोड, १ माघ बिर्तामोड नगरपालिका वडा न. १० समाबेशी टोल र गौरब टोलको सिमाना अवस्थित भुतेनी खोलाको बाधमा संखसवाको खादबारी घर भएका ६० बर्षिय हर्कराज राई हिजो माघ १ गते माघे शक्रान्तीको दिन मृत फेला परेका छ्न । संखसवा घर भएता पनि आफ्नो घर परिवारबाट टाडा बिगत केही बर्ष देखि एक्लै ओल्लो घर पल्लो घर बस्दै आएका राई गाउँमा खादबारे राई नामले परिचित थिए र उहाँको कुनै स्थायी बास स्थान नभएको कुरा स्थानियहरुले जानकारी दिनु भयो । राईको पार्थिव शरिरलाई पोस्मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको जानकारी बिर्तामोड नगरपालिका वडा न. १० का वडा सदस्य पृथ्वी बहादुर बस्नेतले बताउनु…
बिर्तामोड, ३० पुस नेपाल मगर संघ झापाको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ झापाको व्यवस्थापनमा “मगरात सभ्यता सहितको समृद्ध समाज” भन्ने मूल नारासहित मगर जातिको महान पर्व माघे सकराती तथा मिनाम ल्हेस–५०१९ (नयाँ वर्ष) बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मगर संघ बिर्तामोड नगर समितिका अध्यक्ष कर्ण सारु मगरको अध्यक्षता तथा निर्वतमान उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कोशी प्रदेश सभासद् कमला मगर कार्यक्रमकी विशिष्ट अतिथि रहनुभएको थियो। प्रमुख अतिथि इन्दिरा राना मगरले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कमला मगर, नेपाल मगर संघका पूर्व प्रदेश…