Skip to main content

ओरेन्ज समाचार

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

Advertisement

बिर्तामोड, २ साउन

श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उपस्थितिमा धार्मिक तथा पर्यटकीय स्थल विरटपोखरीमा श्रमदान पश्चात् विभिन्न दाताहरूले प्रदान गरिएको श्रम संस्कृति पार्टीको टिसर्ट वितरण गरिएको थियो।
श्रम संस्कृति पार्टी बिर्तामोडका अध्यक्ष सुवास मोक्तानको संयोजकत्वमा सञ्चालन कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवा, जिल्ला अध्यक्ष केशव भण्डारी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। बर्खा यामको समयमा बढेको झारपातले विरटपोखरीको सौन्दर्यतालाई असर गर्ने र पर्यटकहरूको आकर्षणमा कमी ल्याउने भएकाले स्थानीय धार्मिक पर्यटकीय स्थललाई सफा स्वच्छ र हराभरा बनाउन स्थानीयहरूको पहिलो भूमिका हुने भएकाले सरसफाई र फूलबारी गोडमेल गरेको आयोजक समितिका सचिव घनश्याम चेम्जोङले जानकारी दिनुभयो। हप्ताको छ दिन आफ्नो लागि र एक दिन राष्ट्रको लागि भन्ने नाराका साथ सञ्चालन भएको श्रमदान आजभोलि झापाका विभिन्न स्थानहरूमा देख्न पाइन्छ । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङ जसलाई श्रम पिता भनेर पनि चिनिन्छ उहाँले सुरु गर्नुभएको यो श्रम संस्कृति आजभोलि झापा जिल्ला मात्र होइन देशका विभिन्न ठाउँहरुमा सञ्चालन रहेको छ र भर्खरै सुदूरपश्चिममा रहेको दार्चुलामा झुर्लुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ। देशविदेशमा रहनुहुने नेपालीहरूले आर्थिक सहयोग र नेपालका श्रमदाताहरूको सहयोगमा निर्माण गरिएको झुर्लुङ्गे पुल बनेपश्चात् त्यहाँका स्थानीयहरूले उपभोग गर्न पाउँदा धेरै नै हर्षित भएको कुरा त्यहाँका स्थानहरूले बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...