Skip to main content

ओरेन्ज समाचार

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

Advertisement

बुद्धशान्ति, १४ साउन

– समीर लिम्बु

मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध्यमिक विद्यालयमा कक्षा–५ मा अध्ययनरत विषम लिम्बु रहेका छन्। आज दिउँसो करिब १:३० बजे दाजुभाइ मिलेर निगुरो खोज्ने क्रममा घटना घटेको र मृतकको दाजुलाई घटना भएको थाहा नभएको र पैनीमा नुहाउन गएका अन्य बालबालिकाले बालक डुबिरहेको अवस्थामा देखे पछि जानकारी गराएको स्थानीयले बताएका छन्।

घटनापछि टिमाई शिविर (बेस क्याम्प)बाट खटिएका नायब निरीक्षक सुरेन्द्र ठाकुर टोलि सहित, मंगलबारे अस्थायी प्रहरी चौकीका इन्चार्ज गजेन्द्र कट्टुवालको टोली तथा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायब निरीक्षक नकुलराज गौतमको उपस्थितिमा मृत्यु बालकको मृत शरिर पोष्ट मार्टमको लागि मेची प्रदेशिक अस्पताल लगिएको थियो।

स्थानीयहरूको भनाइ अनुसार कप्ताने पैनीमा विगतका वर्षहरूमा पनि यस्ता दुःखद घटनाहरु दोहोरिँदै आएकाले भविष्यमा यस्ता घटना रोक्न आवश्यक घेराबार तथा सुरक्षा व्यवस्थापन गर्न आवश्यक रहेको जानजारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...