Skip to main content

ओरेन्ज समाचार

बिर्तामोडमा तमु मातृभाषा प्रशिक्षण बैशाख ४ गते देखि १० गते सम्म हुने।

Advertisement

बिर्तामोड, ४ बैशाख 

तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडको आयोजनामा तमु मातृभाषा शिक्षा प्रवर्धन तथा प्रशिक्षण उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता र तमु ह्युल छोंज धीं गुरुङ समाज नगर समिति बिर्तामोडका अध्यक्ष कुमार गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम बिर्तामोड नगरपालिका वार्ड नं ३ अवस्थित तमु समुदायिक भवनमा सम्पन्न भएको थियो भने अतिथिहरूमा केन्द्रीय सल्लाहकार मेजर श्याम गुरुङ, केन्द्रीय सदस्य टिकाराम गुरुङ, कोशी प्रदेश प्रमुख आनन्द गुरुङ, जिल्ला अध्यक्ष जगतगुरुङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। वैशाख ४ गते देखि १० गतेसम्म हुने प्रशिक्षण उद्घाटनको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाका महासचिव रामप्रसाद गुरुङले राख्नुभएको थियो भने नगर सचिव लिलाबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...