Skip to main content

ओरेन्ज समाचार

जनविकास मा.वि. को जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम सम्पन्न ।

Advertisement

बाह्रदशी, २५ असार

झापाको बाह्रदशी ४ मा रहेको जनविकास माविले पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०११ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महताव आलम रहनुभएको थियो।

बिहीबार विद्यालयको प्रांगणमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानद्यापक शिव पोख्रेले २०८० सालको एसइइ नतिजामा निल खाएको यश विद्यालयले शैक्षिक गुणस्तर क्रमशः सुधार गर्दै २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत पास गराउन सफल भएको बताउदै आगामी वर्ष ५६ प्रतिशत पास गराउने लक्ष रहेको बताउनु भयो। विद्यालयमा हाल ५५६ विद्यार्थी रहेको जनकारी दिनुभयो ।

वडा नम्बर ४ को एकमात्र सामुदायिक विद्यालय रहेको यश माविमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको बताउदै प्रधानद्यापक पोख्रेलले ५ वर्ष भित्र पालिकाकै उत्कृष्ट विद्यालय बनाउने महत्वकांक्षी लक्ष रहेको र प्रविधिक तथा व्यावसायिक शिक्षा सञ्चान गर्ने चाहना रहेको बताउनु भयो ।

कार्यक्रममा जग्गादाता र संस्थापक हरूलाई मरणोप्रान्त सम्मान गर्दै उहाँहरूका परिवारलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओडाइएको थियो।

मरणोप्रान्त सम्मानित हुने जग्गादाताहरूमा क्रमशः स्वर्गीय बुल्ला मिया, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लिला गणेश, स्वर्गीय काली प्रसाद गणेश र संस्थापक प्रधानद्यापक स्वर्गीय प्रेमानन्द गोस्वामी, त्यस्तै जग्गादाताहरू रेनुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गत एसइइ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो। एसइइमा उत्कृष्ट नतिजा ल्याउने आफ्रिम निसा र
कक्षा ८ बाट उत्कृष्ट नतिजा ल्याउने जानकी शर्मालाई नगत सहित प्रसंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा जग्गा दाता तथा संस्थापकको नामावलीको शिलालेख अनावरण र उहाँहरूको तस्वीर समेत विद्यालयको कार्यालय राखिएको थियोे । साथै मुस्लिम समुदायका छात्राहरूले आफ्नो मौलिक भेषमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा समाजसेवी सोमनाथ बजगाई, रेडक्रसकर्मी ओमप्रकाश गौतम, शिक्षा शाखा प्रमुख गिता देवी सुवेदी, स्थानिय सुर्यनारायण गणेश, सम्मानित परिवारका दयानन्द गोस्वामी, संविधानसभा सदस्य हरि बहादुर राजवंशी र वडाअध्यक्ष महताव आलमले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वोल्दै वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले हालसम्म गर्न नसकेको यस्तो कार्यक्रम पहिलोपटक गरिएकोमा प्रधानद्यापक पोख्रेलको प्रसंसा गर्दै जग्गाको अभिलेखिकरण गरेर विद्यालयको कुल जग्गा यकिन गरि दाताहरूको पुर्ण पहिचान गर्न सुझाव दिएका थिए। साथै हालै बाह्रदशी गाउँपालिकाले गरेको नयाँ प्रधानद्यापक नियुक्तिको कारण कुशल प्रधानद्यापक पोख्रेल अन्यत्रै जाने अवस्था आएकोले काजमा भएपनि उनलाई यहीँ विद्यालयमा राखिदिन गाउँपालिका समक्ष अपेल गरेका थिए।

शिक्षिका धनमाया नेपालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक टीका गणेशले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...