Skip to main content

ओरेन्ज समाचार

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

Advertisement

बिर्तामोड, २ बैशाख

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ
पुर्व मुख्य मन्त्री उध्भ थापाको प्रमुख आथित्यता र राजबंशी समाज विकास समिती बिर्तामोड-९ का अध्यक्ष तेजलाल राजबंशीको सभापतित्वमा बिर्तामोड नगरपालिका वडा न.९ अवस्थित उद्रकान्त राजबंशी स्मृति प्रतिष्ठानको प्राङ्गणमा माटो बाट बानाएको हिलो एक अर्कालाई दलेर परम्परागत संस्कार संस्कृति अनुसार सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा राजबंशी समाज विकास समिती झापाका उपाध्यक्ष जितलाल राजबंशी, प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनाली, उद्रकान्त राज बंशी स्मृती प्रतिष्ठानका अजिवन सदस्य तथा बिर्तामोड-६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा, समाजसेवी मोहन सुब्बा, प्रतिष्ठानका सचिव बासु अधिकारी, सदस्य लक्ष्मी आचार्य लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव सम्पत राज बंशीले गर्नु भएको थियो । राजबंशी समुदायले विशेष गरि आफ्नो घरमा मनाउदै आएको यस पर्व आज भोलि सामुहिक रुपमा धुमधाम सग मनाउने प्रचलन बढेको र यस्ले टाडा रहेका आफ्ना आफन्त र आफ्ना समुदायहरु सगको सम्बन्धलाई भेटघाट र कार्यक्रम आर्फत अझै प्रगाड बनाउने कुरा समितिका सचिव सम्पत राज बंशीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...