Skip to main content

ओरेन्ज समाचार

बिर्तामोडमा तमु (गुरुङ) भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, १० बैशाख ।

          तमू ह्युल छोज धीं गुरुङ्ग समाज विर्तामोडको आयोजनामा ७ दिने (तमु) ‘गुरुङ्ग मातृभाषा’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित “तमु, गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा आज विहिबार सम्पन्न भएको हो । गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो ।
गत बैशाख ४ गते उक्त कार्यक्रमको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् अन्तर्गत संरक्षण परिषद्का अध्यक्ष रेशम गुरुङले गर्नु भएको थियो । समाजका नगर समिति अध्यक्ष कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन समारोहमा समाजका केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
त्यस्तै, कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कोशी प्रदेश प्रमुख आनन्द गुरुङ्ग, केन्द्रीय सदस्य टिकाराम गुरुङ्ग, झापा जिल्ला अध्यक्ष जगत गुरुङ्ग, झापा जिल्ला महिला अध्यक्ष दुर्गा गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
समारोहका अवसरमा प्रशिक्षक धनबहादुर गुरुङ्ग तथा प्रमुख अतिथि केशरमान गुरुङ्गलाई अध्यक्ष कुमार गुरुङ्गलगायतले मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै, भाषा प्रशिक्षणमा सहभागीहरूको तर्फबाट दुर्गा गुरुङ्गले मन्तव्य राख्नु हुँदै कार्यक्रमबाट आफूले मातृभाषासम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको अनुभव सुनाउनुभयो।
समाजका जिल्ला उपाध्यक्ष भगीमान गुरुङ्गले उपस्थित सबैलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा जिल्ला सचिव लिला गुरुङ्गले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...