ओरेन्ज समाचार

नारी संकल्पको लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

नारी संकल्पको लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

नारी संकल्पको लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २३ चैत नारी संकल्प झापाका अध्यक्ष तुलसा मैनालीको सभापतित्व र बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा लैङ्गिक हिंसा तथा देहव्यपार न्युनिकरण सम्बन्धित जनचेतनामूलक कार्यक्रम बिर्तामोडको मनोकामना क्याम्पसको प्राङ्गणमा  सप्पन्न भएको छ । शिक्षक तथा प्रशिक्षक लता खरेलले समाजमा हुने पुरुष हिंसा, तेस्रोलिङ्गी हिंसा, महिला हिंसा लगायतका लैङ्गिक हिंसाहरुको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी दिनु भयो । अथितिहरु मनोकामना सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं, बिर्तामोड नगर अधिकृत एघराज बास्तोला, टोल अध्यक्ष भक्त बहदुर कार्की लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष तिलरुपा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव आशा बानिया उप्रेतिले गर्नु…
Read More
हल्दिबारी वडा १ मा टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न ।

हल्दिबारी वडा १ मा टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता उद्घाटन सम्पन्न ।

हल्दिबारी, २२  चैत प्रथम ज्ञान बहादुर तथा थमवती काम्बाङ स्मृति टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता २०८१ को आज उद्घाटनको पहिलो दिन कोचाटोली टोल गोलधाप-९ र राम जानकी टोल गोलधाप-५  बिचको कडा प्रतिस्पर्धामा एकको विरुद्ध दुई गोल लगाएर राम जानकी टोल बिजयी भएको छ । फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष संजोक राईको सभापतित्व र संविधानसभा सदस्य रबिन कोइरालाको प्रमुख आथित्यतामा संचालन भएको औपचरिक उद्घाटन कार्यक्रममा पुर्व गा.वि.स. अध्यक्ष त्रिलोचन मैनाली, भुपाल सिवाकोटी, भिम चाम्लागाई, गिता राई, सरिता न्यौपाने लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Read More
श्री महेन्द्र ज्योती मा बि मा आभिभावक भेला सम्पन्न ।

श्री महेन्द्र ज्योती मा बि मा आभिभावक भेला सम्पन्न ।

बिर्तामोड, २२ चैत बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभापतित्वमा श्री महेन्द्र ज्योती मा. बि.को प्रङ्गणमा चैत २२ गते शुक्रबारको दिन अभिभावक भेला सम्पन्न भएको छ । प्र. अ. जयकुमार झा र सह प्र. अ. भवानी सिवाकोटीले प्र. अ. जयकुमार झाले कार्यक्रमको औचित्य माथी प्रकास पर्दै विद्यालयको विकासको लागि शिक्षक, व्यवस्थापन समिती सगै अभिभावकहरुले पनि सहयोग आर्थिक र भौतिक रुपमा सहयोग गर्नु पर्ने कुरो बताउनु भयो । लेखा परिक्षक चुडामणि चिमरियाले आर्थिक रुपमा विद्यालय असहज परिस्थितिमा रहेको जानकारी दिनु भयो । सह प्र. अ. स्वरसती खतिवडाले स्वागत मन्तव्य राख्नु भएको…
Read More
सुन, चादी र नगद सहित ४ लाख बडिको चोरी ।

सुन, चादी र नगद सहित ४ लाख बडिको चोरी ।

बिर्तामोड, २१ चैत बिर्तामोड नगरपालिका वडा न. १० शिवालय साइराम चोक अवस्थित जीवन थपलियाको घरमा मा चैत २१ गते बेलुका ७:३० बजे तिर घरमा लगाएको ताल्चा फोरी  सुन अडायी तोला, चादी दस तोला, नगद तीस हजार, झर्के थाल २० वटा गरि जम्मा करिब ४ लाख जति चोरी भएको घर धनी जीवन थपलियाका दाई  प्रकाश थपलियाले जानकारी दिनु भयो ।
Read More
बिर्ताबजारमा कालो रङ्गको स्प्लेन्डर बाइक चोरी भएको छ ।

बिर्ताबजारमा कालो रङ्गको स्प्लेन्डर बाइक चोरी भएको छ ।

बिर्तामोड मिति २०८१ चैत १४ गते बिहिबारको दिन बिर्तामोड ३, बिर्ताबजारको गोसलाइनमा दिउँसो करिब ५ : ३० बजे तिर गोपाल बिमलिको कालो रङ भएको प्रदेश १-०१-०१२ प ७८९४ नम्बरको Super Splender बाइक चोरी भएको  छ । बाइक देख्नु हुने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय अथवा सम्पर्क नम्बर  ९८१४९६८०८३ मा सम्पर्क गरिदिनु हुन हनुरोध छ ।
Read More
बिर्तामोड १० मा नारी सङ्कल्पको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड १० मा नारी सङ्कल्पको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ११ चैत नारी सङ्कल्प झापाका अध्यक्ष तुलसा खरेलको सभापतित्व र बिर्तामोड वडा न.१० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड १० को सहयोगमा संचालन भएको टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रममा अथितिहरु वडा सदस्यहरु धनमाया श्रेष्ठ र पृथ्वी बहादुर बस्नेत, निवर्तमान वडा सदस्यहरु गिता पोख्रेल, भक्तसिंह राजबंशी, अर्जुन सिटौला लगायत व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रशिक्षक तथा दुर्गा मा.बि. का शिक्षक लता खरेलले तालिम दिनु भएको थियो । प्रशिक्षणमा प्रत्येक टोलहरुबाट तीन जना प्रतिनिधीहरुलाई उपस्थिती गराएर टोल विकास संस्थाको काम, कर्तव्य, अधिकार र स्थानिय सरकारको कार्यक्रममा टोलको भुमिका र सहभागिता बारे प्रशिक्षण  थियो…
Read More
बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते देखि सुरु ।

बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते देखि सुरु ।

बिर्तामोड, १० चैत बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभपतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता यहि चैत २४ गते देखि हुने कुरा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । जेष्ठ नागरिक भवनमा संचालन गरिएको औपचारिक कार्यक्रममा बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बहदुर बस्नेत, निवर्तमान वडा सदस्यहरु अर्जुन सिटौला, गिता पोख्रेल, भक्तसिंह राजबंशी र बिर्तामोड  वडा १० का टोल अध्यक्षहरुको उपस्थिती थियो । पत्रकार सम्मेलनमा अथितिलाई स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङ राख्नु भएको थियो भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गर्नु भएको थियो । 
Read More
विराटपोखरी (सरोवर बहुउद्देश्य) विकास समितिको आठौं वार्षिक साधारण सभा सम्पन्न ।

विराटपोखरी (सरोवर बहुउद्देश्य) विकास समितिको आठौं वार्षिक साधारण सभा सम्पन्न ।

बिर्तामोड, ९ चैत विराटपोखरी (सरोवर बहुद्देश्य) विकास समितिका अध्यक्ष इन्द्र प्रसाईको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मदन बुडाथोकीको प्रमुख अथित्यतामा आठौं साधारण सभा सम्पन्न भएको हो । चैत ९ गते सम्पन्न भएको औपचारिक कार्यक्रममा मोहन उप्रेती, मन प्रसाद उप्रेती, कृष्णा प्रसाईं, धुर्व सिवाकोटी, देवेन्द्र गौत्तम लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । आर्थिक बर्ष २०८१/८२ को जम्मा आय रु ११,७८,४८०/-  रहेको छ भने जम्मा खर्च १०,०३,५५७/- रहेको छ । वचत जम्मा रु १,७४,९२३/- रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकमा जम्मा रु २६,४८४/- रहेको छ ।राष्ट्रिय चुरे तराई संरक्षण समितिबाट बिनियोजित रकम रु. १८,००,०००/- रहेको छ भने…
Read More
बिर्तामोडमा दुई दिने स्वास्थ शिविर सम्पन्न ।

बिर्तामोडमा दुई दिने स्वास्थ शिविर सम्पन्न ।

बिर्तामोड, ८ चैत नेपाल यातायात स्वातन्त्र मजदुर संगठन साना मझौला इकाई कमिटी अध्यक्ष सागर खानको सभापतित्व र ट्रेड युनियन महासंघ जिफण्ट केन्द्रिय सदस्य सन्त कुमार राईको प्रमुख आथित्यतामा स्वास्थ शिविर सम्पन्न भएको छ । बिर्ता आइ कियर हस्पिटलको सहयोगमा जिल्ला ट्रफिक कार्यालय अगाडि संचालन भएको २ दिने शिविर कार्यक्रममा ६०५ जनाले स्वस्थ परिक्षण गराएका थिए । कार्यक्रममा नेपाल यातायात स्वातन्त्र मजदुर संगठन केन्द्रिय कमिटी उपमहा सचीब देबि प्रसाद भट्टराई, इलाका प्रहरी कार्यलय बिर्तामोड प्रमुख प्रकाश बिस्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल, बिर्ता जेसिज, छठ युवा समाज लगायत विभिन्न सामाजिक संघ संगठनकको उल्लेख्य उपस्थिति रहेको उक्त समापन कार्यक्रममा स्वगगत एभरेष्ट…
Read More
बिर्तामोड ६ को आर्थिक सहयोगमा गमनशिलता तालिम सम्पन्न ।

बिर्तामोड ६ को आर्थिक सहयोगमा गमनशिलता तालिम सम्पन्न ।

बिर्तामोड नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवाको प्रमुख आथित्यता र झापा नेत्रहिन संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्वमा १० दिवशिय गमनशिलता तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड ६ वडा कार्यालय भवनमा औपचारिक कार्यक्रममा वडा सदस्यहरु जीवन बाँस्कोटा, गिता शर्मा रेघमी, खेम अधिकारी साथै वडा सचिव रुकमान थलङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । समापन कार्यक्रममा नेत्रहिन प्रशिक्षार्थीहरुलाई सेतो छ्डी र प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रम संचालन समितिका सचिव दिल राजबंशीले गर्नु भएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अथिती सुर्य प्रकाश कन्दङवाले नेत्रहिन संघलाई आउदो दिन हरुमा फेरि पनि सहयोग आवश्यक परे सहयोग गर्ने…
Read More