Skip to main content

ओरेन्ज समाचार

नेशनल प्याब्सन झापाको चित्रकला प्रतियोगिता कनगोइ स्कुल बाह्रदशी र श्रुतिलेख प्रतियोगिता बेबिल्याण स्कुल बिर्तामोडमा सम्पन्न भयो ।

Advertisement

नेशनल प्याब्सन झापाको आयोजनामा जिल्ला स्तरिय अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिताको अन्तरगत चित्रकला प्रतियोगिता कनगोइ स्कुल बाह्रदशी र श्रुतिलेख प्रतियोगिता बेबिल्याण स्कुल बिर्तामोडमा सम्पन्न भएको छ ।

चित्रकला प्रतियोगितामा बाह्रदशी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष  महताब आलमको प्रमुख आथित्यता र कार्यक्रमका आर्थिक संयोजक धिरज नारायण गणेशको सभापतित्वमा सम्पन्न भयो । अथितीहरुमा नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, कनगोइ स्कुल व्यवस्थापन समितीका अध्यक्ष देविप्रसाद गणेश, एमइटी पब्लिक स्कुलका संस्थापक लता अधिकारी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरि बेबिल्याण्ड स्कुलमा भएको श्रुतीलेख प्रतियोगिताको औपचारिक कार्यक्रममा बेबिल्याण्ड स्कुलका संस्थापक प्र.अ. प्रवासी चौधरीले सभापतित्व ग्रहण गर्नु भएको थियो भने एमइटी पब्लिक स्कुल काकरभिट्टाका संस्थापक प्र.अ. तथा कार्यक्रम संयोजक सुवर्ण भट्टराई को प्रमुख आथित्यता रहेको थियो । अथितीहरुमा मिडल पोइन्ट स्कुलका सहायक प्र.अ. अभिनाथ राजबंशी, कनगोइ स्कुलबाट विशाल थारु लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मौसम मैनालीले कार्यक्रम संचालन गर्नु भएको थियो । श्रुतीलेख प्रतियोगितामा छात्रको तर्फबाट एमइटी पब्लिक स्कुल प्रथम, मिडल पोइन्ट स्कुल दोस्रो, सिदार्थ शिक्षा सदन तेस्रो स्थान ओगट्न सफल भएका छ्न भने छात्राको तर्फबाट एमइटी पब्लिक स्कुल प्रथम, सिदार्थ शिक्षा सदन दोस्रो, कनगोइ स्कुल तेस्रो हुन सफल भएका छ्न । साथै चित्रकला प्रतियोगिताको परिणाम आउन बाकी रहेको जानकारी नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझिले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...