Skip to main content

ओरेन्ज समाचार

विष्णु भगवती इङ्लिस स्मार्ट स्कुलको ९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न ।

Advertisement

बिर्तामोड, २९ मंसिर

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, उपसचिवको प्रमुख   तिलचन भट्टराई र श्री बिष्णु भगवती बोर्डिङ स्कुलका प्र.अ पुन्य प्रसाद उप्रेतीको सभपतित्वमा विद्यालयको ९ औं वार्षिकोत्सब कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भयो । अथितीहरु झापा जिल्ला प्याब्सन सदस्य देबेन्द्र हुमागाई, बिर्तामोड प्याब्सनका अध्यक्ष नरेन्द्र खरेल, कन्चनजङ्गा बोर्डिङ स्कुलका डाइरेक्टर दिपक सिटौला, बिराट आधरभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी ओलि, महेन्द्र रत्न मा.बि. का पुर्व प्रधानाध्यापक देबेन्द्र गौतम, शिक्षकहरुकी प्रशिक्षक मिनु सुवेदी लगायत व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा बिर्तामोड प्याब्सनका अध्यक्ष नरेन्द्र खरेलले शिक्षण प्रक्रियामा विद्यार्थी र शिक्षक बिचको अभ्यासले कसरी विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा प्रभाव पर्छ भन्ने गम्भीर बिषयमा आफ्ना अनुभवहरु अभिभावकहरु माझ राख्नु भयो । विद्यालयलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष सहयोग गर्ने सहयोगी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरुले सांकृतिक कार्यक्रम प्रस्तुत गरेको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी संस्थापक बिष्णु उप्रेतीले राख्नु भयो भने संचारकर्मी लिला अनमोलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...