Skip to main content

ओरेन्ज समाचार

हल्दिबारी-४ मा बालमैत्री वडा घोषणा कार्यक्रम सम्पन्न।

Advertisement

हल्दिबारी, ३ पुस

हल्दिबारी गाउँपालिका वडा न.४ को आयोजनामा बालमैत्री वडा घोषणा कार्यक्रम वडा अध्यक्ष सन्तकुमार थापाको सभापतित्व र कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्ठको प्रमुख आथित्यतामा विविध सांस्कृतिक झाकिको साथमा सम्पन्न भएको हो । अथितिहरु कोशी प्रदेश सभा सदस्य झापा क्षेत्र न. ३ का छबिलाल चुडाल, जिल्ला समन्वय समिती झापा प्रमुख विश्वनाथ बराल, हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन, झापा जिल्ला प्रमुख अधिकारी शिवराम गेलाल, हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बाल मैत्री वडा बन्न विभिन्न मापदण्ड पूरा गर्न हल्दिबारी-४ ले बढो कसरत गर्नु परे पछि मात्र सम्भव भएको जानकारी वडा अध्यक्ष सन्त बहादुर थापाले दिनु भयो । वहाले थप्दै भन्नु भयो “करिब करिब मैले त हार खाइसकेको थिए तर वडा बासी, साथी सहकर्मीहरुको सहयोगले सम्भव भयो ।” बाल मैत्री बन्न सफल भएकोमा वडालाई बधाइ दिदै कार्यक्रमको आन्त्यमा प्रमुख अथितीले भविष्यमा सहयोग गर्ने प्रतिबद्धता जारेर गर्नु भयो ।

विद्यार्थीहरुले प्रस्तुत गरेको विभिन्न सांस्कृतिक झाकिहरुले कार्यक्रमलाई रोचक बनाएको थियो भने कार्यक्रम संचालन बाल सञ्जालका सृष्टि पौडेल र युनिसा न्यौपानेले गरेका थिए र सहजिकरण पालिका योजना शाखा प्रमुख राज न्यौपानेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...